back
NMB ad

खोलाबेसीमा मोटरेबल पुल निर्माण गरिने

Kumari bank ad

पोखरा । पोखरा महानगरपालिका– ३१ मा पर्ने खोलाबेसीमा मोटरेबल पुल निर्माण गरिने भएको छ ।

आगामी वैशाख महिनाभित्र निर्माण सम्पन्न गरिने १६ मिटर लम्बाइ र ८.४ मिटर चौडाइको सो पुल महानगरको रु दुई करोड १२ लाखको लागतमा निर्माण गरिने भएको हो ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले शनिबार पुलको शिलान्यास कार्यक्रममा पूर्वाधार निर्माणलाई उत्पादनसँग जोड्नु पर्ने बताए ।

विकटलाई निकटमा ल्याउने लक्ष्यका साथ महानगरपालिकाले आवश्यकतानुसार सडक निर्माणलाई प्राथमिकतामा राखेको बताउँदै उहाँले विकास निर्माणमा सबैको साथ र सहयोगको आवश्यकता औँल्याए ।

पोखरा–३१ का वडाअध्यक्ष कमलबहादुर थापाले खोलाबेसी पुल यस क्षेत्रको समृद्धिको आधार भएको उल्लेख गर्दै तोकिएको समय र गुणस्तरमा कुनै पनि सम्झौता नहुने बताए ।

कार्यक्रममा स्थानीय समाजसेवी कृष्णप्रसाद आचार्य, जग्गादाता रामचन्द्र सुवेदी र सचिव कमल सुवेदी लगायतले पुल निर्माणले पोखरा २८ को पूर्वीभेग र मादी गाउँपालिकाको मकैखोलाका स्थानीय बासिन्दालाई आवतजावतमा सुविधा पुग्ने जानकारी दिए ।

वि.सं.२०७७ पुस ५ आइतवार ०८:५१ मा प्रकाशित

You can share this post!

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...