back
NMB ad

दाङको तुलसीपुरमा सहकारी बैंकको शाखा

Kumari bank ad

बागलुङ । राष्ट्रिय सहकारी बैंक लिमिटेडको ५३ औं शाखा दाङको तुलसीपुरमा सञ्चालनमा आएको छ । शाखाको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले सोमबार उद्घाटन गर्नुभयो ।

शाखा उद्घाटन कार्यक्रममा बोल्दै पाण्डेलले सहकारी बैंकसंग समन्वय गरी काम गर्न उपमहानगरपालिका तयार रहेको बताउनुभयो । उहाले बैंकसंगको सहकार्यमा पालिकामा सहकारी प्रशिक्षण केन्द्र स्थापना गर्न, बैंकको शेयर खरिद गर्न, सहकारीलाई उत्पादनसंग जोडेर गरिबी निवारणमा योगदान गर्न सहकार्यका लागि आव्हान गर्नुभएको छ ।

सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेतीले सहकारी बैंकले आफ्ना सदस्यहरुलाई सहज र प्रविधियुक्त सेवाका लागि सहयोग गर्दै आएको भन्दै वित्तीय सेवासंगै सहकारीहरुको संस्थागत विकासका लागि बैंक सदैव सहयोगीका रुपमा रहेको बताउनुभयो ।

उद्घाटन कार्यक्रममा बैंकको अवस्था र आगामी योजनाका बारेमा बैंंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गरागाईले जानकारी गराउनु भएको थियो ।

कार्यक्रम बैंकका सञ्चालक विजया धितालको अध्यक्षता, बैंकका तालिम विभाग अधिकृत नारायण वेलवासेको स्वागत र भुरीगाउँ शाखाका प्रमुख किरण खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो । शाखा उद्घाटनकै दिन ८ करोड भन्दा बढी निक्षेप संकलन भएको शाखा प्रमुख खत्रीले जानकारी दिनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेश वचत तथा ऋण सहकारी संघका सचिव रुप बहादुर खत्री, जिल्ला सहकारी संघ दाङका अध्यक्ष गोविन्द प्रसाद शर्मा, बहुउद्देश्यीय सहकारी संघ दाङका अध्यक्ष शुक्रराज भण्डारी, जिल्ला सहकारी संघका संस्थापक अध्यक्ष भरत बुढाथोकी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । उहाँहरुले सबै सहकारीहरुलाई राष्ट्रिय सहकारी बैंक संग कारोबार गर्न आव्हान गर्नु भएको थियो ।

कार्यक्रम बैंकका सञ्चालक विजया धितालको अध्यक्षता, सञ्चालक माधवलाल देवकोटाको स्वागत र बैंकका तालिम विभागका अधिकृत नारायण बेलवासेको सञ्चालनमा सम्पन्न भएको थियो ।

४४ वटा शाखामार्फत सदस्य संस्थाहरुलाई सेवा दिदै आएको सहकारी बैंकले नेपाल राष्ट्र बैंकले थप २४ वटा शाखा सञ्चालनको अनुमति दिएपछि थप शाखा सञ्चालनको प्रक्रिया थालनी गरेको थियो ।

२४ मध्ये १० वटा शाखा सञ्चालनमा आइसकेका र थप १४ वटा शाखा सञ्चालन गरी पुस मसान्त ६८ वटा शाखामार्फत सेवा दिइने बैंकले जनाएको छ । सहकारी बैंकका सदस्य संस्थाहरु ७७ वटै जिल्लामा छन् ।

बैंकमा हाल १२ हजार २ सय ८३ सहकारी संघरसंस्था सदस्य रहेका छन् । नेपाल सरकार सहित देशभरका सहकारी संघरसस्थाहरुको शेयर रहेको बैंकमा हाल २ अर्ब ४८ करोड शेयर रकम, ५१ अर्ब ३६ करोड निक्षेप र २४ अर्ब २८ करोड कर्जा लगानी रहेको प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिनुभयो ।

वि.सं.२०७७ पुस ७ मंगलवार ०८:५० मा प्रकाशित

You can share this post!

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन : सजल राउत, ब्रान्ड म्यानेजर  

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन : सजल राउत, ब्रान्ड म्यानेजर  

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:४९

काठमाडौं । प्रिमियर स्टिलका उत्पादनहरूलाई चौथो हिमालयन हाइड्रो एक्स्पोमा ग्राहकहरूले...

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:४१

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउमा गिरावट आएको...

तातो हावाको लहर अझै बढ्ने, यस्तो छ मौसम पूर्वानुमान   

तातो हावाको लहर अझै बढ्ने, यस्तो छ मौसम पूर्वानुमान   

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:३३

काठमाडौँ, १७ वैशाख : विगत केही दिनदेखि देशका अधिकांश भू–भागको...

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल ग्रीन आवास कर्जा’, स्थिर ब्याज दरमा १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल ग्रीन आवास कर्जा’, स्थिर ब्याज दरमा १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:२७

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा...

सन नेपाल लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, यस्ता छन् एजेण्डा

सन नेपाल लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, यस्ता छन् एजेण्डा

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:१६

काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा...

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...