back
NMB ad

भोजपुर–चखेवा भञ्ज्याङ सडकमा कालोपत्रको काम सकिंदै

Kumari bank ad

भोजपुर। भोजपुर–चखेवा भञ्ज्याङमध्ये पहाडी लोकमार्ग निर्माणको काम ७५ प्रतिशत सकिएको छ ।

सो सडक खण्डको ४२ किलोमिटरमध्ये ३२ किलोमिटर कालोपत्रको काम सकिएको हो । आगामी छ महिनाभित्र सक्ने लक्ष्यका साथ काम भइरहेको पुष्पलाल मध्यपहाडी राजमार्ग योजना कार्यालय पाँचथरले जनाएको छ ।

छ महिनाभित्रै सक्ने गरी कामलाई गति दिइएको पुष्पलाल मध्यपहाडी राजमार्ग योजना कार्यालयका प्रमुख सुुरेश न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘यो सडक निर्माणको काम तीव्रगतिमा बढेको छ, बन्दाबन्दी तथा प्रतिकूल मौसमको कारण कालोपत्रको काममा केही बाधा पुगे पनि छ महिनाभित्र सम्पूर्ण काम सक्नेछौँ ।”

सडकको निर्माण लागत करिब रु ६५ करोड रहेको छ । तामाङ गोल्डेन गुड्सले आर्थिक वर्ष २०७२/७३ बाट कालोपत्रको काम थालनी गरेको थियो ।

खासगरी कालोपत्रको काम गर्ने समय पाँच महिना मात्र उपयुक्त हुने भएकाले समयमै सम्पन्न गर्न कठिनाइ भएको कम्पनीका इन्जिनीयर शैलेन्द्र मल्लले जानकारी दिनुभयो ।

सडक निर्माण भइरहेको स्थलको जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण खड्का, प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीसहित इन्जिनीयरको टोलीले अनुगमन गरेको छ । प्रजिअ पुरीले भन्नुभयो, ‘‘हामीले यस सडकको नियमित अनुगमन गरिरहेका छौँ, अहिलेसम्मको काम गुणस्तरीय नै देखिएको छ ।’’

वि.सं.२०७७ पुस ८ बुधवार १२:३३ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...