back
NMB ad

सहकारी बैंकको कर्जा अब ७.५ प्रतिशत, घट्यो प्रशासनिक शुल्क

Kumari bank ad

लतिपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडले सदस्य सहकारी संस्थाहरुलाई प्रदान गर्ने कर्जाको ब्याज घटाएर न्यूनतम ७ दशमलव ५ प्रशित कायम गरेको छ ।

गत भदौमा सिंगल डिजिटको कर्जा बनाएको बैंकले पुस १० गतेदेखि लागु हुने गरी नयाँ ४ वटा कर्जाका प्रकार तयार गरी त्यसको ब्याजन्यूनमत ७ दशमलव ५ प्रतिशत कायम गरेको हो ।

कर्जाका नयाँ प्रकार सवल सहकारी कर्जा, गरिवी निवारण कर्जा, अल्पकालिन व्यवसायिक कर्जा र व्यवसायिक किस्ताबन्दी कर्जा कायम गरी ७ दशमलवव ५ देखि देखि ९ दशमलव ५ सम्म कायम गरिएको छ ।

बैंकको बुधवार सम्पन्न सञ्चालक समितिको वैठकले कर्जाको ब्याजदर कम गर्नुका साथै ब्यवस्थापन शुल्कमा समेत परिमार्जन गरेको छ । चालुपूँजि कर्जामा ० दशमलव ७५ र अन्य कर्जामा ० दशमलव ५ प्रतिशत लिदै आएको बैंकले सबै कर्जामा ब्यवस्थापन शुल्क ० दशमलव ५ कायम गरेको छ ।

बैंकले कर्जाको ब्याजदर घटाए पनि बचतको ब्याजदर भने घटाएको छैन ।  सहकारी क्षेत्रको कुनै पनि संघ संस्थाले ब्याजको कारण कर्जाको लागि अन्य निकायमा जानु पर्ने अवस्था हटाउने र संरक्षित पूँजिफिर्ता कोषको फाइदा र महत्व अनूभूति समेत गराउन बैंक प्रयासरत रहेको बैंकका अध्यक्ष के.बी.उप्रेतीले जानकारी दिनुभयो ।

वित्तीय सेवाका साथै सहकारी संस्थाहरुलाई आवश्यक पर्ने सम्पूर्ण परामर्श सेवा सहकारी बैक मार्फत प्रदान गर्न पूर्वाधार तयारी, कार्यविधि निर्माण र प्रयोगात्मक परिक्षण भई रहेकोले सम्पूर्ण सहकारीहरुलाई कुनै पनि समस्या परेमा नजिकको शाखामा सम्पर्क राख्न सकिने समेत अध्यक्ष उप्रेतीले बताउनुभयो ।

बैंकले गत आर्थिक वर्षको कारोबारबाट सदस्य संस्थाहरुलाई १५ प्रतिशत मुनाफा वितरण गरेको र कारोबारका आधारमा संरक्षित पूँजिफिर्ताकोषबाट सदस्य संस्थाहरुलाई १२ करोड ७० लाख भन्दा बढी रकम भुक्तान गर्ने तयारीमा रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिनुभयो ।

वि.सं.२०७७ पुस ९ बिहीवार ०९:१३ मा प्रकाशित

You can share this post!

चार दिन पछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

चार दिन पछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:०२

काठमाडौँ, २० वैशाख : बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द...

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:४६

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउ महँगिएको छ...

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:३८

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट...

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:२४

धादिङ (थाक्रे) : धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको...

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:१९

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...