back
NMB ad

पाँच महिनामा पाँच खर्ब २५ अर्बको आयात

Kumari bank ad

काठमाडौं । कोभिड सङ्क्रमणका कारण मत्थर भएको आयात एकै महिनामा एक खर्ब २५ अर्ब रुपियाँले बढेको छ । भन्सार विभागको पछिल्लो तथ्याङ्कअनुसार मङ्सिरमा मात्रै नेपालले सो बराबरको वस्तु आयात गरेको हो ।

अघिल्लो आर्थिक वर्ष २०७६/७७ को तुलनामा मङ्सिरसम्म ९.५९ प्रतिशतले आयात घटेको भए पनि आयातको वृद्धिदर एकै महिनामा ह्वात्तै बढेको देखिन्छ । निषेधाज्ञाको अवस्थापछि पछिल्ला तीन महिनामा अवस्था खुकुलो बन्दै गएपछि अन्तर्राष्ट्रिय व्यापार पनि बढ्न थालेको तथ्याङ्कले देखाउँछ ।

विभागका अनुसार यसबीचमा नेपालले ५० अर्ब रुपियाँको वस्तु निर्यात गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यो ५.१२ प्रतिशतको वृद्धि हो ।

यद्यपि निर्यातको वृद्धिदर भने विगतको तुलनामा घटेको तथ्याङ्कले पुष्टि गर्छ । आयात र निर्यात गरेर कुल अन्तर्राष्ट्रिय व्यापारको आकार भने पाँच खर्ब ७५ अर्ब रुपियाँ पुगेको छ ।

यो अघिल्लो आवको सोही अवधिको तुलनामा भने ८.४८ प्रतिशतले मात्र कम हो । त्यस्तै व्यापार घाटा चार खर्ब ७५ अर्ब रुपियाँ नाघेको छ ।यो अघिल्लो मङ्सिरको तुलनामा ११ प्रतिशतले कम हो ।

मङ्सिरसम्म सबैभन्दा धेरै डिजेल आयात भएको देखिन्छ । निषेधाज्ञाका कारण यातायात ठप्प भएपछि घटेको डिजेल आयात बजार खुला भएपछि पुनः बढ्न थालेको हो ।

विभागका अनुसार अहिलेसम्म २३ अर्ब ४३ करोड रुपियाँको डिजेल आयात भएको छ । त्यसपछि २० अर्ब ४८ करोड रुपियाँको फलाम र स्टिलको आयात भएको छ । भर्चुअल गतिविधिका कारण बढेको मोबाइलको आयात १७ अर्ब ६४ करोड रुपियाँ पुगेको छ ।

त्यसपछि कच्चा भटमास तेल १३ अर्ब ६९ करोड र ११ अर्ब १४ करोड रुपियाँको चामल आयात भएको तथ्याङ्कले देखाएको आजको गोरखापत्र दैनिकमा खवर छ ।

वि.सं.२०७७ पुस १० शुक्रवार ०८:०५ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...