back
NMB ad

बढ्दै घर कर्जाको माग

Kumari bank ad

काठमाडौं । सुन्दर घरको परिकल्पना गरेका व्यक्तिसँग निरन्तर आम्दानीको स्रोत छ तर घर बनाउन एकमुष्ट रकमको खाँचो परेको छ भने यसको गर्जो टार्ने काम बैंक तथा वित्तीय संस्थाहरूले गर्दै आएका छन् ।

घर कर्जाका लागि नियामक निकाय नेपाल राष्ट्र बैंकको नियममा टेकेर बैंक तथा वित्तीय संस्थाहरूले कर्जा तथा लगानी कार्यविधि बनाएर ग्राहकलाई घर कर्जा दिँदै आएका छन् ।

अहिले घर बनाउने मौसम भएकाले पनि बैंकहरूबाट घर कर्जाको माग बढ्न थालेको बैंकरहरू बताउँछन् । अहिले बैंकहरूबीच प्रतिस्पर्धामा कर्जा प्रवाह भइरहेको छ ।

पछिल्लो समय गत कात्तिकसम्म व्यक्तिगत तथा व्यावसायिक प्रकृतिका घर कर्जामा बैंक तथा वित्तीय संस्थाबाट ४ खर्ब २० अर्ब ९७ करोड ३८ लाख रुपैयाँ बराबरको प्रवाह भएको छ, जुन कुल कर्जा प्रवाहको १३ दशमलव ८१ प्रतिशत हो ।

उक्त अवधिमा बैंक तथा वित्तीय संस्थाबाट ३० खर्ब ४८ अर्ब ३६ करोड २० लाख रुपैयाँ कुल कर्जा प्रवाह भएको छ । घर कर्जाअन्तर्गत व्यावसायिकभन्दा व्यक्तिगतमा बढी आकर्षण छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार प्रवाह भएका घर कर्जामध्ये व्यक्तिगत साढे १ करोड रुपैयाँसम्मका व्यक्तिगत आवासीय घर कर्जा २ खर्ब ५७ अर्ब रुपैयाँ बराबरको प्रवाह भएको छ ।

यसैगरी व्यावसायिक प्रयोजनका लागि रियल सेक्टर शीर्षकअन्तर्गत १ खर्ब ६३ अर्ब रुपैयाँ बराबरको ऋण प्रवाह भएको छ । केही समयअघिसम्म कोरोना महामारीले ठप्प रहेको कर्जा कारोबार पछिल्लो समय बढेर घर कर्जामा समेत माग आउन थालेको बैंकरहरू बताउँछन् ।

नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहालले व्यक्तिगत र व्यावसायिक दुवै खाले कर्जा क्रमशः जान थालेको बताए ।‘अहिले सिमेन्टको मूल्य ठीकै छ । रडको भाउ बढ्न थालेको छ । यसका बाबजुद पनि घर कर्जा एकदमै बढेको छ । अहिले निर्माण कार्य बढ्ने सिजन भएकाले पनि कर्जा प्रवाहमा सुधार भएको हो,’ उनले भने ।

विगतका वर्षभन्दा यस वर्ष भने कर्जा आवेदन दिन अधिकांश बैंकले अनलाइन सुविधा पनि दिएका छन् । यसबीच कर्जा प्रवाहमा बैंकहरूको एकआपसमा ब्याजदर तथा स्किममा प्रतिस्पर्धा चलेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

वि.सं.२०७७ पुस १० शुक्रवार ०८:०८ मा प्रकाशित

You can share this post!

बागमति प्रदेशमा भोली सार्वजनिक विदा

बागमति प्रदेशमा भोली सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:३६

काठमाडौं । बागमती प्रदेश सरकारले भोलि वैशाख २४ गते सार्वजनिक...

काठमाडौंमा अत्याधुनिक ल्याब खोल्ने सम्बन्धमा नेक्सजेन म्यानेजमेन्ट र मंगलम डायग्नोष्टिक सेन्टर बीच सम्झौता 

काठमाडौंमा अत्याधुनिक ल्याब खोल्ने सम्बन्धमा नेक्सजेन म्यानेजमेन्ट र मंगलम डायग्नोष्टिक सेन्टर बीच सम्झौता 

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:२३

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट र मंगलम डायग्नोष्टिक सेन्टर बीच काठमाण्डौमा...

उच्च दरमा बढ्यो तीन कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो तीन कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:१८

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सेयर बजारमा दोहोरो अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा दोहोरो अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:०६

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

तापक्रम घट्यो: अब आउने वर्षाले आगलागी घटाउन सघाउने   

तापक्रम घट्यो: अब आउने वर्षाले आगलागी घटाउन सघाउने   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:५१

काठमाडौँ, २३ वैशाख : गर्मीका कारण आक्रान्त भइरहेका समयमा पछिल्लो...