back
NMB ad

उत्पादनलाई व्यवस्थित गराउन सहकारी प्रभावकारी माध्यम : अध्यक्ष थापा

Kumari bank ad

बागलुङ । काठेखोला गाउँपालिकाका अध्यक्ष अमर बहादुर थापाले उत्पादन क्षेत्रलाई व्यवस्थित गराउनका लागि सहकारी माध्यम सबै भन्दा सहज र प्रभावकारी रहेको बताउनु भएको हो ।

बागलुङ पशु स्रोत विकास फार्म तथा दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड काठेखोला–२ बागलुङको आठौ वार्षिक साधारणसभाको शनिवार उद्घाटन पछि बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

उत्पादनका क्षेत्रमा काम गर्न साह्रै गाह्रो छ, तर पनि उत्पादन बढाउनका लागि सहकारी माध्यम नै उपयुक्त भएकाले सहकारीमार्फत उत्पादनमा जोडिन उहाँले किसानहरुलाई आग्रह गर्नुभयो ।

सहकारी क्षेत्रले पूँजि निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ, अध्यक्ष थापाले भन्नुभयो–अब सहकारीमा केन्द्रीत भएको पूँजिलाई उत्पादनमा परिचालन गर्नु पर्छ । उत्पादनमा लागेका सहकारीहरुलाई व्यवस्थित गर्नका लागि गाउँपालिका प्रतिवद्ध रहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले उत्पादनका क्षेत्रमा क्रियाशिल सहकारीहरुलाई राज्यले सहयोग गर्नु पर्नेमा जोड दिनुभयो । राज्यले सहकारीमार्फत उत्पादन बढाउनका लागि योजना ल्याउनु पर्ने र त्यसका लागि सहयोगको वातावरण आवश्यक रहेको जिसीको भनाइ थियो ।

कार्यक्रममा काठेखोला गाउँपालिका वडा नं. २ का अध्यक्ष विद्यापती शर्मा, वडा नं. ६ का अध्यक्ष युक्तप्रसाद कंडेल र बागलुङ दुग्ध उत्पादक सहकारी संघका उपाध्यक्ष ओमनाथ सापकोटाले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

साधारणसभाले संस्थाको वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र लेखा समितिको प्रतिवेदन पारित गर्नुका साथै सर्वसम्मत नयाँ सञ्चालक समिति चयन गरेको छ ।

समितिको अध्यक्षमा दिपक गौतम, उपाध्यक्षमा बालानन्द कंडेल, सचिवमा लाल बहादुर खनाल, सहसचिव बालकृष्ण शर्मा, कोषाध्यक्षमा राम बहादुर हमाल तथा सदस्यहरुमा बालकृष्ण कंडेल, लक्ष्मण प्रसाद शर्मा, जगन्नाथ कंडेल र कान्तालाल जैसी रहनु भएको छ ।

लेखा समितिको संयोजकमा शिवलाल कंडेल तथा सदस्यहरुमा पहलमान थापा र राजकुमार पौडेल चयन हुनु भएको छ ।

वि.सं.२०७७ पुस १२ आइतवार ०८:२२ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...