back
NMB ad

३७ मेगावाटको अपर म्याग्दी निर्माणको तयारी, ७ अर्ब १० करोड लाग्ने

Kumari bank ad

म्याग्दी। म्याग्दीको धवलागिरि गाउँपालिका(४ नाउरामा ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजना निर्माणको तयारी भएको छ। हाइड्रो इम्पायर प्रालि काठमाडौँले निर्माण गर्न लागेको आयोजनाले विस्तृत अध्ययन सकेर पहुँचमार्ग निर्माण सुरु गरेको छ।

हाइड्रो इम्पायरका अध्यक्ष जीतबहादुर घर्तीले यसअघि २० मेगावाटको अनुमति पाएको आयोजनाको क्षमता बढाएर ३७ मेगावाट बनाउन परिमार्जित वातावरणीय परीक्षण (इआइए) प्रतिवेदन तयार पार्ने काम अन्तिम चरणमा पुगेको जानकारी दिए।

प्रतिवेदनमा प्रभावित क्षेत्रका बासिन्दा तथा सरोकारवालाको सुझाव संकलन गर्न शनिबार नाउरामा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा अध्यक्ष घर्तीले लगानीकर्ता खोज्ने काम पनि भइरहेको जानकारी दिए।

“बिमको शिवरात्रिखोलाबाट भारबाङ, कल्लेनी, छहरी हुँदै बाँसबोटसम्म करिब पाँच किलोमिटर पहुँचमार्गको ट्र्याक खोलिसकेका छौँ”, उनले भने, “मनसुन अघिसम्म विद्युत्गृह र आगामी मङ्सिरसम्म बाँधलाई पहुँचमार्गले जोड्छौँ। थपिएको क्षमताको इआइए पारित भएपछि पिपिए र लगानीको सम्झौता हुन्छ।”

वि.सं.२०७७ पुस १२ आइतवार ०८:३२ मा प्रकाशित

You can share this post!

काठमाडौँमा तेस्रो लगानी सम्मेलन उद्घाटन   

काठमाडौँमा तेस्रो लगानी सम्मेलन उद्घाटन   

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:५९

काठमाडौँ, १६ वैशाखः मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा...

महँगियो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:५२

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक बनिसकेको छः अर्थमन्त्री पुन

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक बनिसकेको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:२४

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक...

झापासहित सात जिल्लामा आज हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै   

झापासहित सात जिल्लामा आज हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:१४

झापा, १६ वैशाखः झापासहित सात जिल्लाका ५१ लाख जनालाई हात्तीपाइले...

लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै   

लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:१०

काठमाडौँ, १६ वैशाखः आजदेखि यहाँ सुरु हुने तेस्रो लगानी सम्मेलनमा...

उपनिर्वाचनः इलाममा मतगणना ११ बजेपछि हुने  

उपनिर्वाचनः इलाममा मतगणना ११ बजेपछि हुने  

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:०२

फिक्कल (इलाम), १६ वैशाखः इलाम क्षेत्र नं २ मा शनिबार...