back
NMB ad

देशभरका विभिन्न सडक निर्माण अवरुद्ध

Kumari bank ad

काठमाडौं । सरकारले अवैधरूपमा उत्खनन गरिरहेको ढुङ्गाखानी बन्द गरेसँगै देशभरका विभिन्न स्थानको सडक निर्माणमा त्यसको असर परेको छ । काठमाडौँ उपत्यकालगायत देशभरका विभिन्न सडक निर्माण अवरुद्ध बन्न पुगेको सडक विभागले जनाएको छ ।

निर्माण सामग्रीको समस्या समाधानका लागि पहल भइरहेको विभागका महानिर्देशक केशवकुमार शर्माले बताए । उनका अनुसार निर्माण सामग्री कुन–कुन स्थानमा र कसरी निकाल्ने भनी कार्यविधि बनिरहेको बताए । उनले भने, “त्यो आएपछि मात्रै सडक निर्माण सञ्चालन हुनसक्छ ।”

निर्माण सामग्रीको अभाव झण्डै दुई महिना पहिले शुरु भएको हो । निर्माण सामग्री अभावले काठमाडौँ उपत्यकाका विस्तारित र निर्माणका क्रममा रहेका सडक अवरुद्ध बनेको विभागले जनाएको छ । कतिपय सडक पुससम्ममा सम्पन्न गर्ने लक्ष्य राखिए पनि निर्माण सामग्री नहुँदा नसकिने अवस्था आएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।

काठमाडौँ उपत्यकामा मात्रै ढुङ्गाखानी बन्द भए काभ्रेपलाञ्चोक वा धादिङको विकल्प खोज्न सकिने भए पनि देशभर ठप्प भएकाले निर्माण अघि बढाउन नसकिएको आयोजना प्रमुख गुरु अधिकारीले जानकारी दिए। उनले भने, “एक–दुई हप्तामा सकिने काम पनि उसै रहेको छ ।”

लामो समयसम्म कोभिड–१९ को सङ्क्रमणका कारण सडक निर्माणमा असर गरेकामा सङ्क्रमण कम हुँदै गर्दा देशभर निर्माण अघि बढिरहेको थियो ।

गत आवमा नै सम्पन्न गर्ने लक्ष्य राखिएका सडकमध्ये कतिपय कोभिडकै कारण सम्पन्न हुन सकेनन् । अहिले ती सडकको निर्माण अघि बढाइएको भए पनि निर्माण सामग्री अभावको समस्या थपिएको छ । निर्माण सामग्रीको अभाव राष्ट्रिय राजमार्गदेखि स्थानीय सडक निर्माणमा समेत पर्न थालेको देख्न सकिन्छ ।

वि.सं.२०७७ पुस १५ बुधवार १२:११ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...