back
NMB ad

सिटिजन्स बैंक र रिटर्नी माइग्रेन्ट नेपाल बीच सम्झौता

Kumari bank ad

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र रिटर्नी माइग्रेन्ट नेपालका बीच सहुलियतपूण वैदेशिक रोजगारीबाट फर्केका युवालाई परियोजना कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

यस सम्झौतापश्चात रिटर्नी माइग्रेन्ट नेपालको सिफारिसमा सिटिजन्स बैंकले वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्नेछ ।

वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलार्ई १० लाखसम्म कर्जा सहुलियतपूर्ण दरमा प्रदान गरिने बैंकले जनाएको छ । विदेशबाट फर्किने नेपाली श्रमिकको संख्या दिनानुदिन बढ्ने र यो जनशक्तिलाई रोजगारी र उद्यममा जोड्न सहज होस् भन्ने उद्देश्यका सथ बैंकले यो सम्झौता गरेको बैंकले जनाएको छ ।

मिहिनेत गर्न सक्ने उमेर, जोश जागर, विदेशबाट आर्जित शिप, प्रविधि र धेरथोर लगानीलाई अर्थतन्त्रको मूल प्रवाहमा ल्याउन यस पहलकदमीले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास बैंकको छ ।

बिदेशमा रहँदा रोजगारीमा मात्रै केन्द्रित हुनुपर्ने कारणले गर्दा व्यावशायिक ज्ञानको कमि, नेपाली बजारको यथार्थ जानकारी नहुनु, नीति, नियम र प्रणालीसँग परिचित नहुनु, व्यवस्थापकीय ज्ञानको अभाव, सरकारी तवरबाट व्यवशायिक तालिम, अभिमुखीकरण, परामर्शको व्यवस्था नहुनु, वित्तीय साक्षरताको बारेमा जानकारी नहुनुले लगानीयोग्य पुंजी सदुपयोग हुन नसकेको परिस्थितिलाई मत्थर पार्न यस सम्झौताले सहज पार्नेछ ।

राज्यले लिएको विभिन्न किसिमका कर्जाहरुको सजिलो तथा उत्साहपूर्ण ढंगले प्रवाह गर्न बैंकले देशैभरी छरिएका १०९ वटा शाखाहरुबाट विभिन्न शिर्षकमा सहुलियत कर्जा उपलब्ध गराउँदै आएको जनाएको छ ।

वि.सं.२०७७ पुस १६ बिहीवार १४:०४ मा प्रकाशित

You can share this post!

भारतमा आँधीका कारण १४ जनाको मृत्यु   

भारतमा आँधीका कारण १४ जनाको मृत्यु   

वि.सं.२०८१ जेठ १ मंगलवार १२:२९

नयाँदिल्ली, १ जेठ : भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा सोमबार राति...

मन्त्रिपरिषद् बैठक : नीति तथा कार्यक्रम पारित   

मन्त्रिपरिषद् बैठक : नीति तथा कार्यक्रम पारित   

वि.सं.२०८१ जेठ १ मंगलवार १२:२५

काठमाडौँ, १ जेठः सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम...

कांग्रेसले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने   

कांग्रेसले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने   

वि.सं.२०८१ जेठ १ मंगलवार १२:१४

काठमाडौँ, १ जेठः प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सङ्घीय संसद्मा नेपाल...

सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान शुरु

सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान शुरु

वि.सं.२०८१ जेठ १ मंगलवार ११:५६

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि...

गणतन्त्र दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन   

गणतन्त्र दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन   

वि.सं.२०८१ जेठ १ मंगलवार ११:४९

काठमाडौँ, १ जेठः सरकारले ‘गणतन्त्र दिवस’ लाई भव्यरूपमा मनाउन ‘गणतन्त्र...

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ जेठ १ मंगलवार १०:५७

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ घटेको छ...