काठमाडौं । एनआरएन इन्फ्राइस्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीको पुस १६ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापूँजीको २ दशमलव ८५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि शून्य दशमलव १५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।
उक्त लाभांश आगामी सााधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १३ करोड २६ लाख रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांशको प्रस्ताव गरेको हो । बोनस वितरणपछि उक्त पूँजी रू. १ अर्ब १६ करोड पुग्नेछ ।
वि.सं.२०७७ पुस १७ शुक्रवार ११:४८ मा प्रकाशित