back
NMB ad

व्यवस्थापनले अभद्र व्यवहार गरेको भन्दै कर्मचारी आन्दोलित

Kumari bank ad

काठमाण्डौं । संस्थागत सुदृढीकरणको माग राखेर शान्तिपूर्ण आन्दोलनमा उत्रिएका नेपाल इन्स्योरेन्स कम्पनीका कर्मचारीमाथि व्यवस्थापनले अभद्र ब्यावहार गरेको भन्दै उनीहरुले विरोध गरेका छन् ।

प्रमुख कार्यकारी अधिकृतले आन्दोलनरत कर्मचारीमाथि उजुरी दिएपछि कर्मचारी र व्यवस्थापनबीच विवाद बढेको हो । कार्यकारी अधिकृत चन्द्रसिंह साउदले कर्मचारी आन्दोलन दबाउन खोजेको इन्स्योरेन्स कम्पनी कर्मचारी सङ्घले जनाएको छ ।

सङ्घका सचिव हंशमान डङ्गोलले कम्पनीको आर्थिक अवस्था सिथिल भएको, आव २०७१र७२ को समयमा लेखा परीक्षण र साधारणसभा हुन नसकेको कर्मचारी आन्दोलित भइराखेका अवस्थामा नेपाल बैंकको सम्पूर्ण बहुमत सेयर बिक्री गरेर कम्पनीलाई निजीकरणको प्रक्रियाका लागि आफू अनुकूल खरिदको वातावरण बनाएको लगायतका आरोप लगाए ।

नेपाल बैंक लिमिटेडको प्रमुख लगानी र सक्रियतामा स्थापित कम्पनीमा बैंकको बहुमत सेयर छ ।

कम्पनीका मानव संशाधन प्रमुख टेकराज पौडेलले जनताको नैसर्गिक अधिकार कुन्ठित नहुने गरी आन्दोलन गर्नु प्रजातान्त्रिक अधिकार भएको बताउँदै त्यसतर्फ कर्मचारीको ध्यान जानुपर्ने बताए ।

उनले नियमअनुसार कर्मचारीले उठाएका मागलाई व्यवस्थापनले उच्च सम्मानका साथ सम्बोधन गर्ने स्पष्ट गर्दै वार्ताबाटै समस्याको समाधान गर्नुपर्ने बताए ।

११ जेठ २०७३, ९.००

वि.सं.२०७३ जेठ ११ मंगलवार ११:०२ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...