back
NMB ad

विद्युत चोर्नेको जरिवाना एक महिनाकै ८ लाख !

Kumari bank ad

पाल्पा । विद्युत् प्राधिकरण पाल्पाले विद्युत्को चोरी गरी प्रयोग गर्नेहरुबाट आठ लाख रुपैयाँ असुली गरेको छ। वैशाख महिनामा मात्र प्राधिकरण पाल्पाले आठ लाख जरिवाना सङ्कलन गरेको हो। प्राधिकरणले वैशाख महिनामा विद्युत् चुहावट र विद्युत् चोरी नियन्त्रण अभियान सञ्चालन नै गरेको थियो।

प्राधिकरणले जिल्लाको कसेनी, सोमादी, छहरा, भुवनपोखरी, चिदीपानी, चापपानी र तानसेन नगर लगायतका क्षेत्रमा निगरानी बढाएको थियो। विद्युत् चोरी गरी प्रयोग गर्नेहरुबाट एक लाख ४९ हजारसम्म जरिवाना असुली गरेको हो।

दुई कुटानी पिसानी उद्योग र १४ घरमा विद्युत् चोरी गरी प्रयोग गरेको विद्युत् प्राधिकरण पाल्पा शाखाका प्रमुख कपिलराज पाण्डेले बताए। विद्युत् तारबाट तानेर मिटरमा नै रेर्कड नदेखिने गरी सिधै बत्ती बालेका हुन्।

विद्युत् चोरी गर्ने समाजका प्रतिष्ठित व्यक्तिसमेत रहेका छन्। विद्युत् कार्यालयका कर्मचारी शिक्षक, पत्रकार र दलका नेतासमेत विद्युत् चोरी प्रयोग गर्दै आएको प्राधिकरणले जनाएको हो।

विद्युत् प्राधिकरणले जरिवाना तिरेकाले नाम खुलाउन नमिल्ने जनाएको छ। केही विद्युत् चोरी गर्ने भने पटकपटक जरिवाना शुल्क तिर्दै आएका हुन्। विद्युत् मिटर रिडर उपभोक्ताका घरमा नपुग्दा विद्युत् चोरीका घटना बढेका छन्।

११ जेठ २०७३, ९.००

वि.सं.२०७३ जेठ ११ मंगलवार ११:५९ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...