back
NMB ad

अस्वाभाविक मूल्यवृद्धिबारे अनुगमन : बिल र विवरण बुझाउन व्यवसायीलाई निर्देशन

Kumari bank ad

काठमाडौं । बजारमा अस्वाभाविकरुपमा मूल्यवृद्धि भएको गुनासो बढेपछि सरकारले अनुसन्धान थालेको छ ।

बजारमा खाने तेल र छड तथा सिमेन्टको मूल्य अस्वाभाविक रुपमा बढेको भन्दै उपभोक्ताले गुनासो गरेपछि अनुसन्धान थालेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक शिवराज सेढाईँले बताउनुभयो । उहाँकाअनुसार सामान आयात गर्दाको सबै बिल र विवरण बुझाउन विभागले व्यवसायीलाई निर्देशन दिएको छ ।

सम्बन्धित व्यवसायीलाई विभागमा बोलाएर मूल्यवृद्धिबारे छलफल गरेको र सबै बिल तथा विवरण बुझाउन निर्देशन दिएको उहाँले जानकारी दिनुभयो । अनुसन्धानका क्रममा अप्राकृतिक ढंगले मूल्य बढाएको पाइए कारबाही गरिने पनि उहाँले बताउनुभयो ।

छलफलका क्रममा व्यवसायीले विदेशमा नै कच्चा पदार्थको मूल्यवृद्धि भएको तथा केही देशमा मजदुरको आन्दोलनका कारण नियमित आयात गर्न नसक्दा नेपाली बजारमा मूल्य बढेको बताएका छन् । बजारमा अहिले तोरीको तेलबाहेक अन्य तेल र छड तथा सिमेन्टको भाउ बढेको छ ।

विभागले दैनिक चार जटा टोली खटाएर बजार अनुगमन गरिरहेको बताए पनि उपभोक्ताले भने राहत नभएको गुनासो गर्दै आएका छन् ।

वि.सं.२०७७ पुस २१ मंगलवार ०८:४१ मा प्रकाशित

You can share this post!

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...