back
NMB ad

मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीको तलब सुविधा एक करोड ७० लाख, अन्यले कति बुझे ?

Kumari bank ad

काठमाडौं । वाणिज्य बैंकहरुमध्ये एक मात्र महिला सिइओ (मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत) अनुपमा खुञ्जेलीले वार्षिक एक करोड ७० लाख रुपैयाँ तलब सुविधा बुझ्नु भएको छ । उहाँले तलब मात्रै एक करोड २ लाख रुपैयाँ बुझ्नुभएको हो ।

बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६र७७ को लेखापरीक्षण प्रतिवेदनमा उल्लेख भए अनुसार खुञ्जेलीले दसैंभत्ता ८ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नुभएको छ ।

त्यस्तै बोनस तथा कल्याणकारी कोष बापत ५६ लाख ७९ हजार रुपैयाँ बुझ्नुभएको छ । यसबाहेक उहाँले गाडी सुविधा, चालक, मोबाइल खर्च, बिमा र ऐनबमोजिम बोनससमेत प्राप्त गर्नुहुन्छ ।

त्यस्तै प्रवन्धक तथा उच्च व्यवस्थापनमा रहेका कर्मचारीहरुले गत आर्थिक वर्षमा ५ करोड १२ लाख रुपैयाँ तलब बुझेका छन्। उनीहरुले थप तीन करोड ३१ लाख रुपैयाँ भत्ता प्राप्त गरेका छन्।

सञ्चालकहरुले गत आर्थिक वर्षमा बैठक भत्ताबापत २७ लाख ३९ हजार रुपैयाँ बुझेका छन्। उनीहरुले मोबाइल तथा पत्रपत्रिका खर्चका लागि भन्दै १० लाख ८ हजार रुपैयाँ प्राप्त गरेका छन्।

बैंकले पुस २९ गते दसौं वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभामा सेयरधनीहरुका लागि भने गत वर्षको मुनाफाबाट ३.०५ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयरको प्रस्ताव लैजाने भएको छ ।

वि.सं.२०७७ पुस २३ बिहीवार १२:२४ मा प्रकाशित

You can share this post!

सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश रद्द

सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश रद्द

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:१५

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश रद्द गरेको...

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:४८

काठमाडौँ, २५ वैशाख :हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै...

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२६

काठमाडौँ : ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा...

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...