back
NMB ad

नयाँ निर्वाचनले मात्रै मुलुकको संकट समाधान गर्छ : मन्त्री थापा

Kumari bank ad

काठमाडौं । खानेपानीमन्त्री मणिचन्द्र थापाले नयाँ निर्वाचनले मात्रै मुलुकको सङ्कट समाधान गर्ने बताउनुभएको छ ।

मुलुकलाई स्थायित्वमा लैजानका लागि सरकारले प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचनको घोषणा गरेको जानकारी दिँदै उहाँले समयमै नयाँ निर्वाचन गर्नु नै सरकारको आधारबिन्दु भएको स्पष्ट पार्नुभयो ।

रिपोर्टस् क्लबमा आज आयोजित कार्यक्रममा उहाँले वर्तमान परिस्थितिमा संसद् पुनःस्थापना हुनु भनेको देश पछाडि धकेलिनु हो भन्नुभयो । संसद् विघटनका विषयमा आएका टीकाटिप्पणीलाई सङ्केत गर्दै उहाँले कुनै पनि विषयमा राजनीतिक टिप्पणी र विष्लेषण हुनुलाई स्वाभाविकरुपमा लिएको बताउनुभयो ।

उहाँले अहिलेको अवस्थामा निर्वाचनमा जानुपर्ने बाध्यात्मक परिस्थिति बनेको जानकारी दिनुभयो ।सञ्चारकर्मीले सोधेका एक जिज्ञासामा उहाँले मन्त्री हुनका लागि समूह परिवर्तन गरेको आरोपको खण्डन गर्नुभयो ।

“वर्तमान सङ्कटको घडीमा इमान्दार र गतिशील मान्छे मन्त्रिमण्डलमा जानुपर्छ भनी प्रधानमन्त्रीले गरेको प्रस्तावलाई आफूले स्वीकार गरेको हुँ, मेरा निम्ति मन्त्री ठूलो कुरा होइन”, उहाँले भन्नुभयो ।

उहाँले पार्टीका प्रथम अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली रहनुभएकाले पार्टीको वैधानिकता पाउने जिकिर गर्नुभयो । आफूले जीवनमा कसैलाई पनि धोका नदिएको मन्त्री थापाको भनाइ थियो ।

बहुमत प्राप्त सरकार हुँदा पनि सही ढङ्गले सञ्चालन हुन नसक्दा उक्त निर्णय लिएको उहाँको भनाइ थियो । “पार्टीभित्रको झगडाले देश अस्थिरतातिर जान नपाओस् भनेर त्यसलाई रोक्न निर्वाचन घोषण गर्नु परेको हो”, उहाँले थप्नुभयो, “यो राजनीतिक निर्णय हो कानूनी निर्णय होइन, राजनीतिक निर्णय गर्ने अधिकार प्रधानमन्त्रीलाई छ ।”

उहाँले बहुमत प्राप्त प्रधानमन्त्रीले नयाँ निर्वाचनमा जाने कुरा गर्नु उहाँको अधिकार भएकाले अन्तरराष्ट्रियरुपमा नै उक्त निर्णय गलत नहुने बताउनुभयो । संसद् पुनःस्थापना भने हुनै नसक्नेमा उहाँको जोड छ ।

निर्वाचनले मात्रै मुलुकमा स्थायित्व र सङ्कटको समाधान गर्ने उल्लेख गर्दै मन्त्री थापाले भन्नुभयो, “अन्ततः जनता नै न्यायाधीश भएकाले नागरिकले हामीलाई दण्ड दिन पनि सक्ने र अरुलाई दण्ड दिन पनि सक्ने छन् ।”

वि.सं.२०७७ पुस २५ शनिवार १२:४९ मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...