back
NMB ad

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको ब्राण्ड एम्वेसेडरमा नायिका मनिषा कोइराला नियुक्त

Kumari bank ad

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको ब्राण्ड एम्वेसेडरमा नायिका मनिषा कोइराला नियुक्त हुनुभएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँल र नायिका कोइरालाले सम्झौतामा हस्तक्षर गरि एम्वेसेडरमा नियुक्ति गरिएको हो ।

नियुक्तिसंगै कोइराला अब आईएमई लाइफको जीवन बीमाका ब्राण्ड दुतको भुमिकामाहुनुहुनेछ । अग्रणी एवं जीवन्त सेलीव्रेटी कोइरालाले आईएमई लाइफको ब्राण्ड तथा यसको मूल्य/मान्यतालाई सशक्त प्रतिनिधित्व गर्ने कम्पनीले विश्वास लिएको छ ।

कोइरालाले नेपाली जनताहरुलाई आर्थिक सुरक्षा प्रदान गरि देशैभरि छरिएर रहेको पुँजीलाई एकीकृत गरि राष्ट्र निर्माणमा टेवा पुर्याउने अवधराण बोकेको आईएमई आर्फसंग साझेदारी गर्ने पाउँदा खुशी व्यक्त गर्नुभयो । साथै कम्पनीको उत्तरोत्तर प्रगतिमा आफुले उत्कृष्ट भुमिका निर्वाह गर्ने प्रतिवद्धता जनाउनुभयो ।

कोइरालासँगको सहकार्य घोषणा गर्दै आईएमई लाइफका सिईओ कवि फुयाँलले भन्नुभयो – ‘मनिषा कोइरालासँग सहकार्य गर्न पाउँदा हामी धेरै उत्साहित छौं । उहाँ दृढ विश्वासी, क्षमतावान, प्रेरणाको स्रोत, भरोसायोग्य, अग्रणी, सरल, आत्मविश्वासले भरिएको तथा हरेक नेपालीका लागि आदर्श हुनुहुन्छ, जुन यो सहकार्यको भित्री अभिप्राय हो ।’

देशभरका जनताहरुमा जीवन बीमाको बारेमा जागरुकताका साथै कम्पनीको ब्राण्ड निर्माण गर्न र ग्राहकहरुको विश्वास लिन सहयोग पुर्याउने
कुरा कम्पनीले जनाएको छ ।

कम्पनीले यो सम्झौता २०७७ पौष २४ गतेबाट लागु हुनेगरी हस्ताक्षर गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले जानकारी दिनुभयो ।

त्यसैगरी डिजिटल प्रविधिमार्फत् सेवा उपलब्ध गर्ने क्रममा आइतबारबाटै ‘IME साथ bot’ नामबाट विश्वका कुनैपनि कुनाबाट कम्पनीका सेवा सम्बन्धमा जानकारी लिनसक्ने र अनुरोध समेत पठाउन सकिने गरी निर्माण गरिएको च्याटबोट प्रणालीको औपचारिक रुपमा सञ्चालनमा ल्याएको फुयाँलले जानकारी दिनुभयो ।

वि.सं.२०७७ पुस २६ आइतवार १७:३५ मा प्रकाशित

You can share this post!

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सेयर बजारमा १५ अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

सेयर बजारमा १५ अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१२

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सिटिजन लाइफ इन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?

सिटिजन लाइफ इन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गर्नुहोस् : प्रधानमन्त्री   

सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गर्नुहोस् : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २४ सोमवार १४:५७

काठमाडौँ, २४ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी चालक अनुमतिपत्रको...