back
NMB ad

सम्पदा क्षेत्रमा उपभोक्ता समितिका कामको अध्ययन गर्न समिति

Kumari bank ad

काठमाडौं । उपभोक्ता समितिमार्फत सम्पदा क्षेत्रको सडक निर्माणका लागि पेश्की दिएको एक दशक पुग्न लाग्दा पनि काम नभएपछि वास्तविक अवस्था बुझ्न अध्ययन समिति गठन गरिएको छ ।

काठमाडौं महानगरपालिका हनुमानढोका दरबार संरक्षण कार्यक्रमले आर्थिक वर्ष २०६९/०७० मा उपभोक्ता समितिमार्फत इँटा एवं ढुङ्गा छपाइ गर्नेगरी १९ नं वडामा स्वीकृत गरेका तीन वटा कार्यक्रम अझै अलपत्र छ ।

आठ वर्षदेखि उपभोक्ता समितिका काम अलपत्र भएपछि वास्तविकता पत्ता लगाउन महानगरपालिका सम्पदा विभागका प्रमुख अर्चना शाक्यको संयोजकत्वमा समिति गठन गरिएको कार्यक्रम प्रमुख रोशन शाक्यले राससलाई जानकारी दिए ।

इन्द्रसभादेखि सतु शाहीको घरसम्म ढुङ्गा छपाइ गर्ने, बञ्जाहिटीमा इँटा छपाइ र मेढुङ्गा मार्गमा ढुङ्गा छपाइ गर्ने काम उपभोक्ता समितिमार्फत गर्ने गरी स्वीकृत भएको थियो ।

१७, १५ र सात लाखका यी तीन योजना आठ वर्षसम्म सम्पन्न नभएपछि वडालेसमेत विकास निर्माणका काम गर्न नपाएको वडाध्यक्ष शशिलाल श्रेष्ठले बताए । “सडक अलपत्र भयो भनी स्थानीयवासीको गुनासो आएको छ, हामीले काम गर्न खोज्दा पहिले नै गरेको कामको पेश्की फछ्र्यौट नभएकाले गर्न नपाइने कारणले सडक जीर्ण बनेको छ”, उनले भने ।

भूकम्पलेसमेत असर गरेपछि काम नभएर अलपत्र भएकामा वडावासीले पनि खोजी गर्न थालेका थिए । पछिल्लो समय वडा नं १९ का नागरिक मञ्चले वर्षौंदेखि अलपत्र बनेको योजनाका बारेमा उजुरी गरेपछि कार्यक्रमको मूल समितिले वास्तविकता पत्ता लगाउने उद्देश्यले अध्ययन समिति गठन गरेको हो ।

मञ्चका अध्यक्ष सुमन खड्गी उपभोक्ता समितिका नाममा बजेट ल्याउने र काम नगर्ने प्रवृत्ति बढ्न थालेको बताउछन् । अध्ययन समितिको सदस्य सचिवसमेत रहेका इञ्जिनीयर अमित वज्राचार्य स्थलगत अध्ययन गरी फाइल सूक्ष्म अध्ययनको काम भइरहेको बताउछन् ।

अध्ययन समितिमा महानगरका कानून अधिकृत देवीकुमार तिमल्सिना, लेखा अधिकृत नानीशोभा डङ्गोल सदस्य रहेका छन् । इञ्जिनीयर वज्राचार्य सदस्य सचिव रहेका छन् ।

तीनवटै उपभोक्ता समितिले पहिलो किस्ता लगेर दोस्रो किस्ता फछ्र्यौट गरेका छैनन् । कार्यक्रमले दिएको बजेटमा उपभोक्ता समितिको तर्फबाट १५ प्रतिशत थप गर्नुपर्ने सम्झौतामा उल्लेख थियो ।

वि.सं.२०७७ पुस २७ सोमवार १३:५२ मा प्रकाशित

You can share this post!

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...