back
NMB ad

विद्युत् सेवा सञ्चालनमा आएपछि दुर्गम वस्तिका बासिन्दा खुसी

Kumari bank ad

कञ्चनपुर । कञ्चनपुरको उत्तरी चुरे भीमदत्त नगरपालिका– ९ खल्लामसेट्टी चुरे बस्तीमा दुई दशकपछि विद्युतीय भएको छ ।

गाउँमा विद्युतीय भएसँगै स्थानीयले उज्यालो पाएका छन् । यसअघि टुकी, सौर्य बत्तीको मात्र प्रयोग गर्दै आएका स्थानीयले लामो समयपछि उज्यालो पाएका हुन् । विद्युतीय नहुँदा सोलारको भरमा रात काटिरहेका स्थानीयले ठुलो राहत मिलेको बताएका छन् ।

भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले उत्तरी चुरेको दुर्गम बस्ती खल्लामसेट्टीको समृद्धिका लागि विकासका पूर्वाधार पुरÞल्याउने प्रतिबद्धता अनुरूप सङ्घसँग समन्वय गरेर दुर्गम बस्तीलाई सुगममा परिणत गरेको बताउनु भएको छ ।

सडकदेखि विद्युतीय गरेर अँध्यारो, सङ्कटग्रस्त खल्लामसेट्टी बस्ती विद्युतीकरणले झिलमिल भएको हो । नेपाल विद्युत् प्राधिकरण र भीमदत्त नगरको साझेदारीमा गाउँमा विद्युत् सेवा सुचारु गरिएको छ ।

विद्युतीय नहुँदा दैनिक घरायसी कामकाज एव कुटानी पिसानी, खानेपानी, सिँचाइ लगायतका समस्या हुने गरेको स्थानीयले बताएका छन् । पहिलो पटक विद्युत् सेवा सुचारु भएपछि स्थानीय हर्षित भएका प्रकाशबहादुर पालले बताउनु भएको छ ।

वडाध्यक्ष राम नाथले दुर्गम क्षेत्रलाई सुगम बनाउन वडा कार्यालयले थप विकासका योजना ल्याउने र विद्युत् सुचारु भएपछि विद्युत् सेवा नहुँदा सञ्चालनमा आउन नसकेका टेलिफोन टावरसमेत सुचारु भई यस दुर्गम वस्तिका बासिन्दाहरू छिट्टै सञ्चारसँग समेत जोडिने बताउनु भएको छ ।

वि.सं.२०७७ पुस २७ सोमवार १६:२६ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...