back
NMB ad

मुलुक सम्पूर्ण रुपमा निर्वाचनमा होमिएको छ : सञ्चार मन्त्री गुरुङ

Kumari bank ad

काठमाडौं । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मुलुक सम्पूर्ण रुपमा निर्वाचनमा होमिएको बताउनु भएको छ ।
क्रियाशील दलित पत्रकार संघ, नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले चुनाव हुन्छ कि हुँदैन भन्ने भ्रममा नपर्न पनि सबैलाई आग्रह गर्नुभयो ।

मन्त्री गुरुङले ताजा जनादेशमा जाने सरकारको निर्णय प्रतिगामी, असंवैधानिक हुनै नसक्ने स्पष्ट पार्नु भयो । “ताजा जनादेशमा जाने कुरा प्रतिगामी हुुन सक्दैन, असंवैधानिक हुन सक्दैन,” उहाँले भन्नुभयो, “मलाई के लाग्छ भने आज सडक आन्दोलन गर्नेहरुले पनि चुनावकै तयारी गरिरहेको हो भन्ने स्पष्ट भईसकेको छ ।”

मन्त्री गुरुङले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले समेत ‘चुनावका जाने बेला कहाँ संसद पुनस्र्थापना हुन्छ ?’ भनेर भन्नु भएको प्रसंग समेत उल्लेख गर्नु भयो । मुलुक अनिर्णयको बन्दी बन्नु प¥यो, यस्तो अवस्थामा जनादेश लिनका लागि निर्वाचनमा जाने कुरा प्रतिगामी, असंवैधानिक हुुनै नसक्ने मन्त्री गुरुङको तर्क थियो ।

मन्त्री गुरुङले आज प्रचण्डले माधव नेपालको ढाडमा टेकेर प्रधानमन्त्री केपी ओलीको टाउँको हान्ने रणनीति लिएर लोकतान्त्रिक गणतन्त्रकै टाउँकोमा हान्ने, संविधानकै टाउँकोमा हान्ने, राष्ट्रियता र शासन प्रणालीमाथि नै हान्ने असफल प्रयास गरेको आरोप पनि लगाउनुभयो ।

जनयुद्ध कालमै असफल भईसकेको त्यो रणनीति आज पनि सफल नहुने चर्चा गर्दै मन्त्री गुरुङले त्यो असफल यात्रामा लागेर कोही कसैले राजनीतिक बाटो लिन नपर्ने बताउनुभयो । उहाँले जनता निर्वाचनको पक्षमा उभिएको, राजनीतिक दलहरुले आन्दोलनको नाममा निर्वाचनको तयारी गरिरहेको उल्लेख गर्दै निर्वाचनको तयारीमा जुटन पनि सबैलाई आह्वान गर्नु भयो ।

मन्त्री गुरुङले पत्रकारहरुले पनि मुलुकमा अस्थिरता ल्याउने, द्धन्द्धमा फसाउने, बलिरहेको आगोमा घिउ थप्ने खालका गतिविधि गर्न नमिल्ने बताउनुभयो । उहाँले पत्रकारिता क्षेत्रलाई मर्यादित, सम्मानित र जिम्मेवार बनाउन सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।

वि.सं.२०७७ पुस २९ बुधवार ११:४१ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...