back
NMB ad

राष्ट्र बैंकको पछिल्लो प्रतिवेदन : विप्रेषण आप्रवाहमा ११ प्रतिशतले वृद्धि भई ४ खर्ब १६ अर्ब पुग्यो

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्षको पाँचौ महिनामा विप्रेषण आप्रवाहमा वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार मंसिर मसान्तसम्ममा विप्रेषण आप्रवाहमा करिब ११ प्रतिशतले वृद्धि भई ४ खर्ब १६ अर्ब ८१ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह शुन्य दशमलव २ प्रतिशतले घटेको थियो । अघिल्लो वर्ष भन्दा यस वर्ष फलफूल, घ्यू तथा तेल, तरकारी र दाल तथा गेडागुडीको मूल्य १४ प्रतिशतसम्म बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यस्तै यसै अवधिमा आयात घट्दा निर्यातमा सुधार भएको राष्ट्र बैंकले जनाएको छ । वस्तु निर्यात ५ दशमलव १ प्रतिशतले वृद्धि भई ५० अर्ब ६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २७ प्रतिशतले वृद्धि भएको थियो ।

यसै अवधिमा वस्तु आयात ९ दशमलव ६ प्रतिशतले घटेर ५ खर्ब २५ अर्ब ५० करोड कायम भएको नेपाल राष्ट्र बैंकको तथ्याकं छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४ दशमलव २ प्रतिशतले घटेको थियो ।

यसै अवधीमा शोधनान्तर स्थिति १ खर्ब ०६ अर्ब ४८ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २३ अर्ब ३० करोडले बचतमा रहेको थियो ।

वि.सं.२०७७ माघ १ बिहीवार १५:११ मा प्रकाशित

You can share this post!

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:५७

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक...

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:४९

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत...

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:३४

बागमती : बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८...

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:२४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...