back
NMB ad

आड्जोनको नयाँ कार्यसमिति चयन : अध्यक्षमा सुनार, महासचिवमा खड्काथोकी

Kumari bank ad

काठमाडौं । क्रियाशील दलित पत्रकार संघ, नेपाल (आड्जोन)को अध्यक्षमा पवित्रा सुनार चयन हुनुभएको छ । संघको पहिलो साधारणसभा तथा अधिवेशनले सुनारको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

नागरिक दैनिकमा कार्यरत पत्रकार सुनार दोस्रो कार्यकालका लागि संघको अध्यक्ष हुनुभएको हो । संघको उपाध्यक्षमा केशव भुल (नेपाल प्रेस) र केसर विश्वकर्मा (दर्पण दैनिक) महासचिवमा विश्वास खड्काथोकी (अनलाइन खबर) निर्वाचित हुनुभएको छ ।

अन्य पदमा सर्वसम्मत भए पनि महासचिवमा भने खड्काथोकी र विष्णु विश्वकर्माका बीचमा चुनाव भएको थियो । यस्तै, सचिवमा रमेश टमटा (रेडियो नेपाल), सन्देश परियार, प्रदेश सचिवतर्फ धर्मसिंह विक र कोषाध्यक्षमा सिर्जना बराल (हिमालय टिभी) रहनुभएको छ ।

यस्तै, संस्थाको सदस्यहरूमा प्रकाश धौलाकोटी (नयाँ पत्रिका), मिलन विश्वकर्मा (अभियान दैनिक), मञ्जु टेलर (नयाँ पत्रिका), मदन विक, विष्णु परियार (नेपाल समाचारपत्र), सरिशा अछामी (काठमाडौं प्रेस), विक्रम सुनार (अर्थतन्त्र डटकम), रूपा सुनार (इमेज टिभी), मदन विश्वकर्मा र जसिन्द्र श्रीपाली चयन भएका छन् ।

संस्थाले साधारणसभाका अवसरमा अग्रज पत्रकारहरू कसमस विश्वकर्मा, प्रकाशचन्द्र परियार, बाबुराम विश्वकर्मा र गोविन्द परियारलाई सम्मान गरेको छ ।

वि.सं.२०७७ पुस २९ बुधवार ११:२३ मा प्रकाशित

You can share this post!

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...