back
NMB ad

दुधौरा नदीमा १३ करोडको लागतमा पक्की पुल निर्माण हुँदै

Kumari bank ad

वीरगञ्ज । प्रदेश नम्बर २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले आज एक समारोहका बीच बारा जिल्लाको दुधौरा नदीमा निर्माण गर्न लागिएको पुलको शिलान्यास गर्नु भएको छ ।

जितपुर सिमरा उपमहानगरपालिकाको वडा नम्बर ८ रमौली र वडा नम्बर २० बसडीलवा बीच रहेको दुधौरा नदीमा पक्की पुल निर्माणको मन्त्री सोनलले शिलान्यास गर्नु भएको हो ।

दुधौरा नदीमा पुल निर्माण हुने भएपछि लामो समयदेखि वैकल्पिक बाटो प्रयोग गर्न बाध्य रहेका त्यस क्षेत्रका स्थानीय हर्षित भएका छन् । पुल नहुँदा वर्षा याममा स्थानीय २५ किलोमिटर लामो वैकल्पिक बाटो प्रयोग गर्ने बाध्य भएका थिए ।

प्रदेश नम्बर २ को भौतिक पूर्वाधार विकास मन्त्रालयको झन्डै १३ करोड रुपैयाँको लागतमा हेटौँडाको सपना मेरिना जेभी कन्स्ट्रक्सनले निर्माणको ठेक्का लिएको छ । झण्डै १ सय मिटर लामो पुल २०७९ साल असोज २८ गतेसम्म निर्माण सम्पन्न गर्ने सम्झौता भएको छ ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सोनलले विकास निर्माणमा प्रदेश सरकार गम्भीर रहेको र दुधौरा खोलामा पुल निर्माणपछि बाराका ग्रामीण क्षेत्रका कृषकहरूको उत्पादन बजारसम्म पु¥याउन सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

शिलान्यास कार्यक्रममा विघटित प्रतिनिधिसभा सदस्य एकबाल मियाँ, जसपाका नेता घनश्याम गिरी, शिवजी साह, वडा अध्यक्ष रामबाबु पटेल, सरोज पटेल, रसुल मियाँलगायतको उपस्थिति रहेको थियो ।

वि.सं.२०७७ माघ ४ आइतवार १६:५० मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ :  मन्त्री शर्मा

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ :  मन्त्री शर्मा

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...