back
NMB ad

‘नेपालमै जडिबुटी प्रशोधन गरी नागरिकको आयस्तर बढाउनु पर्छ’

Kumari bank ad

काठमाडौं । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले देशको आयस्रोत तथा नागरिकको आर्थिक स्थिति बढाउनका लागि जडिबुटीका क्षेत्रमा लगानी बढाइने बताएका छन् ।

आज (आइतवार) जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको अवलोकनका क्रममा उनले नेपालमा उत्पादन हुने जडिबुटीहरुको सदुपयोग गर्न सरकार लागिपरेको बताए ।

उनले भने, “हाम्रै देशमा उत्पादन हुने जडिबुटी लगेर छिमेकी मुलुक धनी भइसकेका छन्, पतञ्जलीले मात्रै करोडौँ रकम कमाइसकेको छ । अब हाम्रा जडिबुटी नेपालमै प्रशोधन गरी यहाँका नागरिकको आयस्तर बढाउनु पर्छ ।” मन्त्री आलेले जडिबुटी उत्पादनको क्षेत्रमा सरकारले लगानी गर्ने भएकाले इच्छुक नागरिक, फर्म तथा कम्पनीहरुलाई निकै फाइदा पुग्ने बताए ।

सरकारी स्वामित्वको जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडलाई थप व्यवस्थित बनाउन मन्त्रालयले गृहकार्य अघि सारेको समेत जानकारी दिए । “अब एक घर एक जडिबुटी खेती भन्ने योजना अघि सारिने छ” उनले भने, “बेरोजगार युवालाई रोजगारी पनि हुने र आफ्नो आयस्तर पनि बढ्ने भएकाले अन्य खेती गर्नुभन्दा जडिबुटी खेती गर्नु राम्रो हुनेछ ।” यसैगरी जडिबुटी खेती गर्ने किसानलाई सरकारले अनुदानको समेत व्यवस्था गर्ने मन्त्री आलेले जानकारी दिए ।

कम्पनीका महाप्रबन्धक ज्ञानेन्द्र कार्कीले कर्णाली प्रदेशको जाजरकोटमा जडिबुटी प्रशोधन केन्द्र स्थापना गरिएको र सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी निर्माणको सिलसिलामा रहेको बताए ।

उनले भने, “कञ्चनपुरमा हाम्रो आफ्नै २० रोपनी जमीन छ, त्यसमा हामी उत्पादन तथा प्रशोधन केन्द्र निर्माण गर्दैछौँ, यसबाट त्यहाँका जडिबुटी खेती गर्ने किसानलाई फाइदा हुनेछ ।” उनका अनुसार कम्पनीसँग देशभरमा कुल ४३२.८ हेक्टर जमीन रहेको र ८०० बिघामा जडिबुटी खेती भइरहेको छ ।

वि.सं.२०७७ माघ ४ आइतवार १७:१० मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...