back
NMB ad

नेपालीको दैनिक आम्दानी जम्मा २ सय २७ रुपैयाँ !

Kumari bank ad

काठमाण्डौं । भुकम्प र नाकाबन्दीका कारण नेपालीहरुको प्रति ब्यक्ति आम्दानी करिव एक हजार रुपैयाँले घटेको छ । एक नेपालीको बार्षिक आम्दानी ८२ हजार ७८९ रुपैयाँ २८ पैसा छ । यो हिसावले एक नेपालीले दैनिक २२६ रुपैयाँ ८१ पैसा कमाउँछन् ।

गत बर्ष एक नेपालीको बार्षिक आम्दानी ७७५ अमेरिकी डलर रहेकोमा यसपाली ७६६ डलरमा सीमित भएको छ । आज एक डलरको मूल्य १०८.०८ रुपैयाँ छ ।

सरकारले संसदमा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण अनुसार पाँच बर्ष अगाडि पनि यसैगरी नेपालीहरुको आय घटेको थियो । प्रति ब्यक्ति कुल गार्हस्त उत्पादन पनि १० डलरले घटेर ७५२ डलरमा खुम्चिएको छ ।

सरकारले यस बर्षको आर्थिक बृद्धि दर ०।७७ प्रतिशत मात्र कायम हुने जनाएको छ । गत बर्षको आर्थिक बृद्धि दर २.३२ प्रतिशत थियो । सेवा क्षेत्रको बृद्धि दर घट्नुका साथै उद्योग क्षेत्र ६।३ प्रतिशतले ऋणात्मक भएका कारण समग्र आर्थिक बृद्धि दरमा असर देखिएको हो ।
१३ जेठ २०७३, ४.३०

वि.सं.२०७३ जेठ १३ बिहीवार १७:१८ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...