back
NMB ad

शहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशकमा प्याकुरेल

Kumari bank ad

काठमाडौं । शहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशकमा नवराज प्याकुरेल नियुक्त हनुभएको छ । शहरी विकास मन्त्रालयले प्राविधिक सहसचिव प्याकुरेललाई विभागको महानिर्देशको जिम्मेवारी दिएको हो ।

नव नियुक्त महानिर्देशक प्याकुरेलले सोमवारबाट शहरी विकास तथा भवन विभागमा पदभार ग्रहण गर्नुभएको छ । मन्त्रालयअन्तर्गतको विभिन्न निकायमध्ये विभाग सबैभन्दा बढी जिम्मेवारी भएको र धेरै बजेट खर्च गर्ने निकाय भएकाले त्यहाँको महानिर्देशक पदलाई निकै आकर्षक पदका रुपमा हेर्ने गरिन्छ ।

मन्त्रालय अन्तर्गत रहेको विभाग सरकारी भवन तथा सघन शहरी विकासका साथै शहरी क्षेत्रको पूर्वाधार विकास गर्ने महत्वपूर्ण निकाय हो ।
नव नियुक्त महानिर्देशक प्याकुरेलले विभागअन्तर्गत भइरहेका कामलाई अझै प्रभावकारी रुपमा अघि बढाउने प्रतिवद्धता जनाउनुभएको छ ।
प्याकुरेलले हाल निर्माणाधीन अवस्थामा रहेका संघीय संसद भवन, मुख्यमन्त्री तथा प्रदेश प्रमुख निवास, प्रधानमन्त्री निवास, बञ्चरे डाँडास्थित ल्याण्डफिल साइड, गोदावरीको सभाहललगायत ठूला परियोजनालाई समयमै सम्पन्न गराउन मन्त्रालयसँग समन्वय गरेर अघि बढ्ने बताउनुभयो ।

नवनियुक्त महानिर्देशक प्याकुरेललाई बिल्डिङ एण्ड आर्किटेक समूहमा काबिल प्राविधिक सहसचिवका रुपमा हेर्ने गरिन्छ ।

वि.सं.२०७७ माघ ५ सोमवार १५:४९ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...