back
NMB ad

माघ २८ गते नेपाल लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा

Kumari bank ad

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले वार्षिक साधारण सभा माघ २८ गते गर्ने भएको छ ।

कम्पनीले सभा होटल भिस्वा बीरगञ्ज, पर्सामा बिहान ९ बजे गर्ने जानकारी गराएको हो । सभाले ३१ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै सभाले कम्पनीको विद्यमान प्रबन्धपत्र तथा नियामावलीमा भएको व्यवस्था अनुसार कम्पनीको प्रतिशेयर मूल्य रू. १०० रहेकोमा सो शेयर मूल्य सम्बन्धी व्यवस्थालाई परिवर्तन गरी शेयर मूल्य रू. ५० कायम गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

कम्पनीले प्रबन्धपत्र र नियमावली संशोधन गरी कम्पनीको प्रतिशेयर मूल्य १०० रुपियाँलाई परिवर्तन गरी (स्प्लीट) प्रतिशेयर मूल्य ५० रुपियाँ कायम गर्ने प्रस्ताव पनि सभामा लैजाने भएको छ । प्रतिशेयर मूल्य परिवर्तन गर्ने प्रस्ताव सम्बन्धित निकायको स्वीकृतिपछि मात्र लागू हुनेछ ।

यसअघि कम्पनीले प्राथमिक शेयर निष्कासन गर्दा प्रतिकित्ता (फेस भ्यालू) १०० रुपियाँ कायम गरेकामा त्यसलाई घटाएर अब फेस भ्यालू प्रतिकित्ता ५० रुपियाँ बनाउने प्रस्तावलाई साधाण सभाबाट पारित गरी नियामकबाट पनि अनुमति लिनुपर्ने हुन्छ ।

यो प्रस्ताव सम्बन्धीत निकायबाट स्वीकृती पाएपछि मात्र लागू हुने कम्पनीले बताएको छ । सभाले सञ्चालक समितिबाट सर्वसाधारण शेयरधनी समूहको प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका माघ १४ गतेदेखि २८ गतेसम्म बन्द रहनेछ ।माघ १३ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् । माघ ५ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

वि.सं.२०७७ माघ ६ मंगलवार ११:२९ मा प्रकाशित

You can share this post!

जापानमा ९० लाख घर खाली   

जापानमा ९० लाख घर खाली   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:४३

टोकियो, १९ वैशाख : जापानमा खाली घरहरूको सङ्ख्या सन् २०२३...

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो   

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:३३

दमौली (तनहुँ), १९ वैशाख : निर्माणाधीन एक सय ४० मेगावाट...

लगानी सम्मेलनको सन्देश   

लगानी सम्मेलनको सन्देश   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:२६

एकराज पाठक काठमाडौँ वैशाख : नेपालले लगानी सम्मेलनको आयोजना गरेको...

वैशाख ३१ मा बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’   

वैशाख ३१ मा बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:१७

काठमाडौँ, १९ वैशाख: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन...

विश्व मजदुर दिवसः घर बन्न छाडेपछि वैकल्पिक पेसामा मजदुर   

विश्व मजदुर दिवसः घर बन्न छाडेपछि वैकल्पिक पेसामा मजदुर   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:०४

तनहुँ, १९ वैशाख : व्यास नगरपालिका–२ का ३४ वर्षीय राजु...

वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले टस हारेर बलिङ गर्दै   

वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले टस हारेर बलिङ गर्दै   

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:५७

काठमाडौँ, १९ वैशाख: घरेलु टोली नेपालले तेस्रो टी—२० खेलमा वेस्ट...