back
NMB ad

सात वर्षसम्म पनि निर्माण सम्पन्न भएन कञ्चनरुप–तिरहुत जोड्ने पुल

Kumari bank ad

सप्तरी । सप्तरीको दुईवटा स्थानीय तह पालिका जोड्ने ठाउँमा विगत सात वर्षदेखि पक्की पुल निर्माण कार्य अलपत्र रहेको पाइएको छ । लामो समयदेखि सप्तरीको कञ्चनरुप नगरपालिका र तिरहुत गाउँपालिका जोड्ने सुन्दरीखोलामा बन्ने पुल अहिलेसम्म बन्न सकेको छैन ।

करीब सात वर्षअगाडि निर्माण कार्य थालिएको सो पुल निर्माण कार्य रोकिएपछि अहिलेसम्म पक्की पुल निर्माणको काम पूरा हुन नसकेको गुनासोसमेत पाइएको छ ।

आर्थिक वर्ष २०७१-७२ देखि पुलको काम शुरु गरेर आव २०७३-७४ मा बनाई सक्नुपर्नेमा आव २०७६(७७ सम्म पनि काम पूरा हुन नसकेको स्थानीयवासी विजय महत्मान यादवले जानकारी दिए ।

तीन वर्षमा सुन्दरीखोलामा बन्नुपर्ने सो पुल ७ वर्ष बित्दा पनि बन्न नसकेका कारण बर्सात र बाढी आएको बेला सो नदी तर्न समस्या हुने गरेको यादवले गुनासो गरे ।

पुल निर्माणको समयमा नसकेका कारणले बाढीपहिरो आउने बेलामा पनि ओहोरदोहोर गर्न कठिनाइसमेत हुने गरेको स्थानीयवासीको आरोप रहेको छ ।

पुल निर्माण नहुँदा तिरहुत गाउँपालिकाको पिपराही, गोइठी मैनाकडेरी र धनपुरी गाउँका करीब दुई हजारका हाराहारीमा स्थानीय जनता कञ्चनपुर बजार आउन जान समस्या खोगिरहेको स्थानीयवासी मुकेश यादवको भनाइ छ ।

सडक डिभिजन लहान कार्यालाय सिरहामार्फत ठेक्का पाएका नीलगिरि कन्स्ट्रक्शनले तीन वर्षमा पुल निर्माण सम्पन्न गर्नुपर्ने तर सात वर्षमा पनि पुल निर्माण गर्न सकेका छैनन् ।

निर्माण नसकेका कारण बाढीको समयमा स्थानीय जनताले दुःख पाउनाका साथै बजारबाट खाद्यान्न सामग्री पनि ल्याउन समस्या हुने गरेको यादवको गुनासो छ ।

पुल निर्माणका काम तीन वर्षमा सम्पन्न गनुपर्ने पक्की पुल नबनेपछि वर्षा र बाढी आएको बेला आवतजावतमा समेत समस्या हुने गरेको छ । बर्खायाममा हजारौँ जनतालाई मर्का पर्नाका साथै कुनै सवारी साधनसमेत वारपार गर्न अहिले पनि नदीमा बालुवा रहेका कारण समस्या हुने गरेको स्थानीयको भनाइ छ ।

बरमझिया र कञ्चनपुरबाट पश्चिम भएर तिरहुत गाउँपालिकातर्फ जाने बाटोमा पर्ने सुन्दरीखोलामा तीन वर्षमा पुल निर्माण सम्पन्न गर्नुपर्ने तर ७ वर्षमा समेत बन्न नसकेको स्थानीयको गुनासो छ ।

बिरामी परेको बेला खोलापार गर्न मान्छेलाई साह्रै कठिनाइ हुने गरेको बताउँदै यस विषयमा पटकपटक सम्बन्धित निकायलाई जानकारी गराइए पनि केही सुनुवाइ हुन नसकेको स्थानीय नरेन्द्र यादवले गुनासो गरे ।

वि.सं.२०७७ माघ ६ मंगलवार १२:४१ मा प्रकाशित

You can share this post!

प्रभु महालक्ष्मी लाइफको अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न

प्रभु महालक्ष्मी लाइफको अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख २३ आइतवार ११:१५

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले २०८१ बैशाख २२...

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी–बराहक्षेत्र र पाथीभरा जोडिने   

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी–बराहक्षेत्र र पाथीभरा जोडिने   

वि.सं.२०८१ वैशाख २३ आइतवार ११:०९

खोटाङ, २३ वैशाखः कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र...

एमाले भोजपुरको अध्यक्ष खड्का निर्वाचित   

एमाले भोजपुरको अध्यक्ष खड्का निर्वाचित   

वि.सं.२०८१ वैशाख २३ आइतवार ११:०३

भोजपुर, २३ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी भोजपुरको...

बजेट अभावमा धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण प्रभावित   

बजेट अभावमा धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण प्रभावित   

वि.सं.२०८१ वैशाख २३ आइतवार १०:५८

गोदावरी (कैलाली), २३ वैशाखः धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा बनाइने आठवटा पुलका निम्ति...

कति छ आज सुनचाँदीको भाउ ?

कति छ आज सुनचाँदीको भाउ ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १०:५२

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

आइएमई लाइफ इन्स्योरेन्सको लाभांश संशोधन, अब कति दिने भयो ?

आइएमई लाइफ इन्स्योरेन्सको लाभांश संशोधन, अब कति दिने भयो ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १०:४३

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले लाभांश संशोधन गरेको छ ।...