back
NMB ad

पूर्ण सरकारी स्वामित्वको नेपाल टेलिभिजन १ अर्ब १५ करोड रुपैयाँ घाटामा !

Kumari bank ad

काठमाण्डौं । सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल टेलिभिजन निरन्तर घाटामा सञ्चालन भइरहेको छ । गत आर्थिक वर्ष २०७१र०७२ सम्ममा टेलिभिजनको सञ्चित नोक्सानी बढेर १ अर्ब १५ करोड रुपैयाँ पुगेको छ ।

नेपाल टेलिभिजनलाई गत आवमा ८ करोड २३ लाख रुपैयाँ खुद नोक्सानी भएको छ । यो अवधिमा टेलिभिजनले ३१ करोड ७ लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको थियो । तर, कुल सञ्चालन लागत आम्दानी भन्दा झण्डै साढे ६ अर्ब बढी (३७ करोड ५० लाख रुपैयाँ) रह्यो ।

नेपाल टेलिभिजनले चालु आवमा पनि २७ करोड ८९ लाख रुपैयाँमात्र आम्दानी गर्ने लक्ष्य राखेको छ । जुन गत आवको भन्दा झण्डै तीन करोड रुपैयाँ कम हो । आम्दानी घट्ने, तर खर्च बढ्ने भएकाले यस वर्ष टेलिभिजनको खुद नोक्सानी बढेर १५ करोड रुपैयाँ पुग्ने अनुमान छ ।

नेपाल टेलिभिजनले आगामी आर्थिक वर्षमा ३१ करोड ३४ लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गर्ने लक्ष्य राखेको छ । त्यो बेलासम्म टेलिभिजनको कुल सञ्चालन लागत बढेर ४० अर्ब ८४ करोड रुपैयाँ पुग्ने छ । आगामी आवमा चालु आवको भन्दा ५० लाख रुपैयाँ कम १४ करोड ५० लाख रुपैयाँ खुद नोक्सानी हुने प्रक्षेपण टेलिभिजनको छ ।

नेपाल टेलिभिजनले लिएको आम्दानी र खर्चको प्रक्षेपणले सञ्चिती नोक्सानी बढ्दै जाने स्पष्ट हुन्छ । टेलिभिजन सञ्चालनका लागि सरकारकै भर पर्नुपरेको छ । नेपाल टेलिभिजनमा स्थाई ३८९ जना र अन्य १४ गरी ४०३ जना कर्मचारी कार्यरत छन् । जसमध्ये प्राविधिकतर्फ २६६ र अप्राविधिकतर्फ १२३ जना छन् । स्थायीतर्फ अधिकृत तहका कर्मचारी १७३ र सहायक तहका २१६ जना रहेका छन् । त्यस्तै, ज्यालादारीतर्फ अधिकृत तहका २ जना र सहायक तहका १२ जना कर्मचारी रहेका छन् ।

नेपाल टेलिभिजनको अधिकृत पुँजी १ अर्ब ५० करोड रुपैयाँ, जारी पुँजी २ अर्ब ३१ करोड र चुक्ता पुँजी २ अर्ब ३१ करोड रुपैयाँ रहेको छ ।

नेपाल टेलिभिजनले राष्ट्रिय च्यानल, एनटिभी प्लसर र समाचार च्यानल गरी ३ वटा च्यानलहरु २४ घण्टा प्रसारण गरिरहेको छ । केन्द्रियसहित १९ वटा प्रशारण केन्द्रमार्फत निःशुल्क रुपमा समाचार र विभिन्न मनोरञ्जनात्मक तथा दिगो शान्ति र राष्ट्रिय स्थायीत्वमा सहयोग पुग्ने कार्यक्रमहरु नेपाल टेलिभिजनबाट प्रशारण भइरहेका छन् ।

भू-उपग्रहमार्फत नेपाल लगायत विश्वका ११६ मुलुकहरुमा नेपाल टेलिभिजन प्रशारण हुन्छ । देशभित्र भु-सतही प्रसारण जनसंख्याको आधारमा ७२.५ र भौगोलकि आधारमा ५२ प्रतिशत पुगेको छ । एनटिभी प्लसको प्रसारण पहँच जनसंख्याको आधारमा ४२ र भौगोलिक आधारमा ३० प्रतिशत पुगेको छ ।

आव २०७३/७४ मा एनालग प्रविधिलाई डिजिटल प्रविधिमा रुपान्तरण गर्ने, कोहलपुर र इटहरीमा क्षेत्रिय प्रसारण केन्द्रहरु स्थापना र सञ्चालन गर्ने लक्ष्य राखिएको अर्थ मन्त्रालयद्वारा जारी गरिएको आर्थिक सर्भेक्षणमा उल्लेख छ ।

१४ जेठ २०७३, २.४५

वि.सं.२०७३ जेठ १४ शुक्रवार १४:५५ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...