back
NMB ad

तापखोलामा निर्माणाधीन पक्की पुलको काम ९५ प्रतिशत सकियो

Kumari bank ad

खोटाङ । जिल्लाको उत्तरी क्षेत्र जोड्ने खार्मी र सप्तेश्वरको सिमानास्थित तापखोलामा निर्माणाधीन मोटरेबल पक्की पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

केपिलासगढी गाउँपालिका–५ सप्तेश्वर र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीको सिमानामा पर्ने तापखोलामा निर्माणाधीन मोटरेबल पक्की पुल निर्माणको काम अन्तिम चरणमा पुगेको हो ।

केपिलासगढी गाउँपालिकाको रु तीन करोड ८३ लाख २६ हजार ९५९ लागतमा निर्माणाधीन पक्की पुलको काम ९५ प्रतिशत सकिएको निर्माण कम्पनी सूर्य कन्स्ट्रक्सन प्रालिका प्रतिनिधि सुनिल राईले जानकारी दिनुभयो ।

गत वर्ष नै सकिने पुलको काम विश्वभर फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण वर्ष दिन ढिलो भएको निर्माण कम्पनीले जनाएको छ । दुई वर्षमा सम्पन्न गर्ने गरी विसं २०७५ फागुन १ गते गाउँपालिका र निर्माण कम्पनीबीच सम्झौता भएर विसं २०७६ वैशाखबाट पुल निर्माणको काम शुुरु गरिएको थियो ।

गाउँपालिकासँग द्विपक्षीय सम्झौता गरेअनुसार पुल निर्माणको काम विसं २०७८ वैशाखमा सम्पन्न गर्नुपर्ने छ तर निर्माण कम्पनीले सम्पन्न गर्नुपर्ने सम्झौता मितिभन्दा अगाडि नै पुलको काम सम्पन्न गर्न लागेको हो ।

निर्माण कम्पनीले काम जिम्मा लिएर सम्झौता समयमा काम नसकी लथालिङ्ग बनाइरहँदा उक्त निर्माण कम्पनीले भने दुई वर्षको काम करिब १८ महिनामा सम्पन्न गर्न लागेको जनाइएको छ ।

पुल नहुँदा यातायातको समस्या झेल्दै आएका गाउँपालिकावासीको समस्यालाई ध्यानमा राखेर गाउँपालिकाले आफ्नै विकास बजेट खर्चेर पुल निर्माणको कामलाई अगाडि सारेको हो ।

तापखोलामा निर्माणाधीन पक्की पुल सञ्चालनमा आएपछि गाउँपालिकाबाट दिक्तेल, तराई र काठमाडौँ आवतजावतका साथै दैनिक उपभोग्यवस्तु ढुवानीमा सहज हुने गाउँपालिका प्रमुख कृष्णकुमार राईले बताउनुभयो ।

जिल्लाको उत्तरी क्षेत्रको प्रमुख व्यापारिक केन्द्र बाक्सिला बजार जोड्ने सडकखण्डको तापखोलामा पक्की पुल नहुँदा वर्षायाममा दैनिक उपभोग्यवस्तु ढुवानीमा प्रतिकिलोग्राम रु ८०० सम्म मूल्य बढ्ने गरेको व्यापारीले बताएका छन् ।

आठ वर्षअघि विसं २०६९ मा हुर्लुङ–जालपा–बाक्सिला ९३० किलोमिटर० सडक खुले पनि बीचमा पर्ने उक्त तापखोलामा पुल नहुँदा करिब छ महिना सडक अवरुद्ध हुने गरेको छ ।

वि.सं.२०७७ माघ ९ शुक्रवार ०८:३५ मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...