काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीले ८ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश गरेर कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
यो प्रस्ताव बीमा समितिबाट स्वीकृती पाए पछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउने छन् । कम्पनीको माघ ८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
वि.सं.२०७७ माघ ९ शुक्रवार ११:४१ मा प्रकाशित