back
NMB ad

कनकाईमा विद्युत शव दाहगृह निर्माण गर्न पहल शुरु

Kumari bank ad

झापा । झापाको कनकाई घाटमा विद्युत शवदाह गृह निर्माण गर्न पहल शुरुवात भएको छ ।

अव्यवस्थित दाहसंस्कारबाट वातावरणमासमेत असर पु¥याएको जनाउँदै कनकाई नगरपालिकाले सो पहल शुरु गरेको नगरप्रमुख राजेन्द्र पोखरेलले जानकारी दिए ।

कनकाईघाट सञ्चालक समितिलाई आवश्यक प्रक्रिया अघि बढाउन अनुरोध गर्दै उनले नगरपालिकाका तर्फबाट पहिलो चरणमा १० लाख उपलब्ध गराउने बताए ।

पवित्र कनकाई नदीको पूर्वी किनारमा रहेको कनकाई घाटको छैटौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले वातावरणको शुद्धतामा जोड दिन र विद्युत् शवदाह गृह निर्माणमा एक जुट हुन सम्बन्धित सबैमा आग्रह समेत गरे ।

“सानो रकम, सबैको सहभागिता व्यवस्थित घाट, हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ २०६७ सालमा स्थापना भएको सो घाटमा हालसम्ममा पाँचवटा चितास्थल सञ्चालनमा आएको घाट समितिका अध्यक्ष प्रभाखर कडरियाले बताए ।

संस्थाका संस्थापक, आजीवन, संरक्षक र सहयोगी सदस्यबाट प्राप्त रकमबाट दुई शव दाहस्थल निर्माण भएको हो भने विर्तामोड निवासी तिलरुपा खड्काले जगत खड्काको स्मृत्तिमा तेस्रो चितास्थल निर्माण गरिदिएको बताइएको छ ।

त्यस्तै मारवाडी सेवा समिति विर्तामोडबाट चौथो र विर्तामोड निवासी द्वारिकालाल मित्तलका सुपुत्र प्रदीप मित्तल र परिवारबाट पाँचौ चितास्थल निर्माण भई सञ्चालनमा आएको संस्थाका अध्यक्ष कडरियाले जानकारी दिए ।

उनीले कोटीहोम क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्दै हालसम्म निर्माण भएका संरचनाको संरक्षण साथै सरसफाइमा विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गरे ।

वि.सं.२०७७ माघ ११ आइतवार ११:३५ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...