back
NMB ad

शेयर बजार : ५०.२ अंकले बढ्यो नेप्से, ९ अर्ब ३७ करोड बराबरको कारोबार

Kumari bank ad

काठमाडौं । साताको पहिलो कोरोबार दिन नेप्से ५०.२ अंकले बढेको छ ।

नेप्से ५०.२ अंकले बढेर २ हजार ४२४.८४ अंक पुगेर बन्द भएको छ । उक्त दिन ९ अर्ब ३७ करोड ६० लाख ५३ हजार २२० रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । व्यापार बाहेक ११ वटै उपसूचकको शेयर मूल्य बढेको छ ।

आइतबार व्यापारबाहेक अरू सबै समूहको शेयर बढेको दिन बैंक समूहको शेयर २१ अङ्कले बढेको छ । यस्तै होटल समूहको २४, जलविद्युत् र उत्पादनको ५१, अन्यको एक सय चार, माइक्रो फाइनान्सको एक सय दुई, जीवन बीमाको एक सय ६५, निर्जीवन बीमाको दुई सय २१ र फाइनान्स समूहको शेयर १४ अङ्कले बढेको छ ।

आइतबार दुई सय सात वटा कम्पनीका एक करोड ९३ लाख ७९ हजार कित्ता शेयर नौ अर्ब ३७ करोड ६० लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको ६६ करोड ८२ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

पोखरा फाइनान्स, मिथिला लघुवित्त, गुराँस लाइफ र ग्रामीण लघुवित्तका शेयरधनीले १० प्रतिशतका दरले कमाएका छन् । समग्र बजार बढे पनि नारायणी विकास बैंकका शेयरधनीले झण्डै १० प्रतिशत गुमाएका छन् । – प्रशिक्षार्थी पत्रकार

वि.सं.२०७७ माघ ११ आइतवार १६:०२ मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...