back
NMB ad

कुनै पनि बैंक तथा वित्तीय संस्थासँग गाभ्ने/गाभिने विषयमा यसो भन्छ एनसीसी बैंक

Kumari bank ad

काठमाडौं । एनसीसी बैंकले कुनै पनि बैंक तथा वित्तीय संस्थासँग गाभ्ने वा गाभिने विषयमा छलफल र निर्णय नभएको स्पष्ट पारेको छ ।

यसअघि आइतबार बजारमा अत्याधिक खरिद चाप देखिएपछि नेप्सेले कुनै भित्री सूचना भएमा जानकारी दिन भन्दै पत्र पठाएको थियो । हिजो कम्पनीको मूल्य समेत १० प्रतिशतले बढेको थियो ।

यद्यपि उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एकआपसमा गाभ्ने र गाभिने वा प्राप्ती गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा सम्पत्ति, दायित्व र कारोबारको मूल्याङ्कन गर्न, मूल्याङ्कनकर्ता नियुक्ति गर्न तथा सम्झौता गर्न तथा सम्पूर्ण प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय भएको बैंकले जनाएको छ।

त्यस्तै बैंकले यसअघिको साधारणसभाबाट १०.२६ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि ०.५४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावबाहेक अरु मूल्यमा असर पर्नेगरी कुनै निर्णय नभएको जनाएको छ।

केही दिनयता बजारमा नबिल बैंकसँग एनसिसी मर्जमा जाने हल्ला चलेपछि एनसिसीको मूल्य आकासिएको छ । कम्पनीको हाल बजार मूल्य साढे ३ सयको हाराहारीमा छ। ४ महिनाअघि कम्पनीको मूल्य प्रतिकित्ता २२० रुपैयाँ मात्रै थियो।

वि.सं.२०७७ माघ १२ सोमवार १३:३३ मा प्रकाशित

You can share this post!

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...