back
NMB ad

१२ औं वर्षमा ई–सेवा : खाता खोल्नेको संख्या ४० लाख नाघ्यो, आर्थिक कारोबारको वान स्टप सोलुसनका रूपमा विकसित हुँदै

Kumari bank ad

काठमाडौं । नेपालको पहिलो भुक्तानी सेवा प्रदायक ‘ई–सेवा’ १२ औं वर्षमा प्रवेश गरेको छ ।

नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा शुरु गरेको ई–सेवा अहिले देशव्यापी सञ्जाल बनाउँदै आर्थिक कारोबारको महत्वपूर्ण माध्यम बन्न सफल भएको ई–सेवा फोनपे प्रालिले बताएको छ ।

कम्पनीले उक्त अवधिमा ई–सेवा मुलुकका हरेक नगरपालिका, गाउँपालिका तथा वडासम्म पुगेर क्यासलेस अर्थतन्त्र निर्माण गर्ने अभियानमा ठूलो योगदान दिन सफल भएको पनि बताएको छ ।

मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको ई–सेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ४० लाख नाघेको छ । कम्पनीले अप्रत्यक्ष रूपमा करीब १ करोड ५० लाख जनसंख्याले ई–सेवामार्फत सेवा लिइरहेको बताएको छ ।

हाल ई–सेवाका देशभर करीब १ लाखभन्दा बढि एजेन्ट (ई–सेवा जोन तथा पोइन्ट) रहेका छन् । हाल ई–सेवामा मर्चेन्टको संख्या १ लाख ८५ हजार नाघिसकेका छन् ।

कम्पनी १२ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा ई–सेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले कुराकानीका लागि मात्र सिमित भएको मोबाईललाई वित्तीय कारोबार गर्ने महत्पपूर्ण माध्यम बनाउन सफल भएको बताएका छन् ।

उनले आगामी दिनमा ई–सेवालाई भुक्तानीका लागि मात्र नभएर आर्थिक कारोबारको वान स्टप सोलुसनका रूपमा विकास गर्दै लैजाने पनि बताएका छन् ।

आगामी दिनमा पनि आम मानिसको जनजीवनमा सहजता ल्याउने खालका सेवा विस्तार गर्दै अगाडि बढ्ने योजना रहेको कम्पनीले बताएको छ ।

तीनजना युवाको परिकल्पनाबाट शुरू भएको एफवानसफ्ट कम्पनी अन्तर्गत ई–सेवासँगै हाल करीब १२ ओटा कम्पनी सञ्चालनमा छन् ।

वि.सं.२०७७ माघ १२ सोमवार १६:१४ मा प्रकाशित

You can share this post!

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:२२

हेमन्त जोशी  काठमाडौँ : सोमबार यहाँ सम्पन्न दुईदिने लगानी सम्मेलनका...

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:१२

फिक्कल (इलाम), १८ वैशाख: प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा...

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...