back
NMB ad

दरबन्दी नहुँदा अतिरिक्त आर्थिक भारमा विद्यालय

Kumari bank ad

बागलुङ । माध्यमिक तहमा स्तरवृद्धि भएको १० वर्ष बित्दासमेत बागलुङको एक विद्यालय शिक्षक दरबन्दीविहीन अवस्थामा छ । जैमिनी नगरपालिका–९ पैँयूथन्थापस्थित बिजुवा माध्यमिक विद्यालयमा मावि तहको दरबन्दी छैन ।

कक्षा १० सम्म पढाइ हुने सो विद्यालयको आधारभूत तहमा छ दरबन्दी र एक राहत शिक्षक छन् । बाँकी छ शिक्षक निजी स्रोतका छन् । दरबन्दी अभावमा विद्यालयले अतिरिक्त आर्थिक भार बोक्नुपरेको छ ।

शिक्षकलाई तलब खुवाउनै धौधौको स्थिति छ । निजी स्रोतबाट राखिएका शिक्षक टिकाउन गाह्रो भइरहेको प्रधानाध्यापक सतीदेवी थापाले बताइन् । “न्यून तलब सुविधा दिएर राख्नुपर्ने अवस्था छ, अन्यत्र राम्रो अवसर आउँदासाथ शिक्षकहरु जानुहुन्छ”, उनले भनिन्, “हामीले रोकेर राख्न पनि मिलेन ।”

अहिलेसम्म २०/२२ शिक्षकले विद्यालय छाडेको प्रअ थापाले सुनाइन् । “दरबन्दी नहुँदा एकदमै समस्या छ, स्थानीय स्रोत र अभिभावकबाट चन्दा सहयोग जुटाएर खर्च धानेका छौँ”, उनले भनिन् ।

स्थायी दरबन्दीमा योग्य शिक्षक नहुँदा पढाइको गुणस्तरमा भनेजस्तो सुधार ल्याउन नसकिएको विद्यालयले जनाएको छ । आधारभूत तहको दरबन्दीमा रहेका शिक्षकले मावि तहलाई समेत हेर्नुपर्ने हुँदा तल्लो कक्षामा पढ्ने बालबालिकाको पढाइसमेत प्रभावित हुने गरेको छ ।

“विद्यार्थी सङ्ख्या पनि राम्रो छ, भौतिक पूर्वाधार पनि छ, दरबन्दी नपाएका कारण हामी समस्यामा पर्यौँ”, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष हरि शर्मा आचार्यले भने ।

स्थानीयवासीको ठूलो दुःख, कष्ट र मेहनत विद्यालयमा परेको उनको भनाइ छ । विद्यालयको भौतिक र शैक्षिक सुधारका योजनामा स्थानीयवासीले स्वतःस्फूर्त सहयोग गर्दै आएका छन् ।

दरबन्दी व्यवस्थापनका लागि नगरपालिकाको शिक्षा शाखालगायतका निकायमा धेरै पटक माग गरे पनि अहिलेसम्म सुनुवाइ नभएको प्रअ थापाको गुनासो छ ।

शून्य दरबन्दी भएका विद्यालयले पाउने गरेको शिक्षण सहयोग अनुदानसमेत गत वर्षदेखि रोकिएपछि विद्यालय थप मारमा छ । उक्त अनुदानबाट शिक्षकको तलब खर्चमा धेरथोर भरथेग हुँदै आएको थियो ।

शिक्षा शाखा प्रमुख खेम आचार्यले नगरभित्र शिक्षक दरबन्दी मिलानको प्रक्रिया थालिएको बताए । “विभागको कार्यविधिअनुसार दरबन्दी मिलानको तयारीमा छौँ, शून्य दरबन्दी रहेका विद्यालयको समस्या अब हल हुन्छ”, उनले भने ।

विद्यार्थी सङ्ख्या र भूगोल दुवैलाई आधार मानेर दरबन्दी मिलान गर्ने योजनामा नगरपालिका छ । दरबन्दी मिलानमा ढिलाइ हुँदा कुनै विद्यालयमा शिक्षक कम, विद्यार्थी बढी त कतै विद्यार्थी कम, शिक्षक बढी भएको स्थिति छ ।

वि.सं.२०७७ माघ १३ मंगलवार ०९:०२ मा प्रकाशित

You can share this post!

प्रधानमन्त्रीसमक्ष मर्स्याङ्दी करिडोरको विकास र प्रवर्द्धनका एजेण्डा पेस   

प्रधानमन्त्रीसमक्ष मर्स्याङ्दी करिडोरको विकास र प्रवर्द्धनका एजेण्डा पेस   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १३:०२

डुम्रे (तनहुँ), २८ वैशाख : गण्डकी प्रदेशका नौ स्थानीय तह...

महाकालीबाट दोधारा चाँदनीलाई पानी दिने विषय कार्यान्वयन भएन   

महाकालीबाट दोधारा चाँदनीलाई पानी दिने विषय कार्यान्वयन भएन   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १२:१६

महेन्द्रनगर (कञ्चनपुर), २८ वैशाख : कञ्चनपुरको दोधारा चाँदनीलाई शारदा नहरबाट...

युनिलिभर नेपालको खुद नाफा ३०.४६ प्रतिशतले बढ्यो, कुन सूचक कस्ता ?

युनिलिभर नेपालको खुद नाफा ३०.४६ प्रतिशतले बढ्यो, कुन सूचक कस्ता ?

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ११:५१

काठमाडौं । युनिलिभर नेपालले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय...

स्वयम्भूको बुद्ध जयन्ती मेला काठमाडौँ महानगरले व्यवस्थित गर्ने   

स्वयम्भूको बुद्ध जयन्ती मेला काठमाडौँ महानगरले व्यवस्थित गर्ने   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ११:३०

काठमाडौँ, २८ वैशाख : बुद्ध जयन्तीको अवसरमा स्वयम्भूमा लाग्ने वैशाख...

लगानी सहजीकरण र सुरक्षित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल 

लगानी सहजीकरण र सुरक्षित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल 

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ११:०३

काठमाडौँ, २८ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उद्योगी–व्यवसायीलगायत लगानीकर्ताको...

नेपालमा युरोपेली लगानी भित्र्याउन सङ्घले सघाउने   

नेपालमा युरोपेली लगानी भित्र्याउन सङ्घले सघाउने   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १०:५७

काठमाडौँ, २८ वैशाखः नेपालमा युरोपेली लगानी भित्र्याउन युरोपेली सङ्घले सघाउने...