back
NMB ad

नेपाल बङ्गलादेश बैंकले सार्वजनिक गर्यो वित्तीय विवरण, कति कमायो नाफा ? (विवरणसहित)

Kumari bank ad

काठमाडौं । नेपाल बंगलादेश बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण मंगलवार सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार यस वर्ष कम्पनीले रू. ९४ करोड १२ लाख ५५ हजार खुद नाफा गरेको छ ।

गत वर्ष यस अवधिसम्म बैंकको यो नाफा रू. ८० करोड ७७ लाख ७७ हजार थियो । गत वर्षको तुलनामा साढे १६ प्रतिशत बढी बैंकले खुद नाफा गरेको हो । यस अवधिसम्म शेयरधनीहरुलाई लाभांशको रुपमा वितरण गर्न सक्ने वितरणयोग्य नाफा रू. ४६ करोड ७ लाख ७३ हजार रहेको छ ।

कम्पनीको सञ्चालन मुनाफा भने यस वर्ष करीब १९ प्रतिशतले बढी भएको छ । गत वर्ष रू. १ अर्ब १२ करोड ६२ लाख ९४ हजार सञ्चालन मुनाफा गरेको कम्पनीले यस वर्ष रू. १ अर्ब ३३ करोड ९० लाख ५२ हजार यो मुनाफा गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी रू. ८ अर्ब ४९ करोड ५८ लाख १४ हजार रहेको छ । चुक्तापूँजीमा भने यस वर्ष कुनै परिवर्तन देखिएको छैन । कम्पनीको जगेडा कोषमा रू. ४ अर्ब ४६ करोड ९५ लाख ६८ हजार र रिटर्न अर्निङमा रू. १ अर्ब ९ करोड ५४ लाख ६८ हजार छ ।

जगेडा कोष रकम गत वर्षभन्दा करीब १९ प्रतिशत बढी र रिटर्न अर्निङ ३० प्रतिशत बढी कायम भएको हो । यस वर्ष साढे ५ प्रतिशत बढी रू. ७० अर्ब ८ करोड ९७ लाख ९८ हजार निक्षेप संकलन गरेको बैंकले ३ प्रतिशत बढी रू. ६० अर्ब ९२ करोड ६७ लाख ६८ हजार कर्जा प्रवाह गरेको छ ।

गत वर्ष १ दशमलव ९२ प्रतिशत रहेको निष्क्रिय कर्जाको अनुपात यस वर्ष बढेर २ दशमलव ३७ प्रतिशत पुगेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. २२ दशमलव १६ र प्रतिशेयर नेटवर्थ रू. १६५ दशमलव ५० रहेको छ । दोस्रो त्रैमाससम्म यस बैंकले ३३ दशमलव ३७ प्रतिशत तरलता कायम गरेको छ ।

वि.सं.२०७७ माघ १३ मंगलवार ०९:४९ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...