back
NMB ad

अलैँचीमा लगानीे गरेकामा पछुताउँदै कृषक !

Kumari bank ad

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ का खगेन्द्र लिम्बूले मलेसियाबाट नै गाउँको अलैँची बगानमा रु आठ लाखमा ८ वर्षका लागि बन्दकी लगाएका थिए । अहिले त्यही अलैँची बगानमा गरेको लागानीले पलपलमा पछुताउनु परेको छ ।

लिम्बूको घरपरिवारको आर्थिक अवस्था कमजोर थियो । उनले कक्षा ५ उत्तीर्ण गर्न पनि सकेनन् । बिहानबेलुका हात मुख जोर्नका लागि बुबाआमा सहित उनी अरूको घरमा खेताला जान पथ्र्यो ।

खेताला गरी ल्याएको अन्नले साँझबिहान छाक टार्नुपर्थो । २०६४ सालमा लिम्बू घरको आर्थिक अवस्था सुधार्ने सोचका साथ गाउँघर छोडे । उनले गाउँघरमात्र छाडेनन् नेपाल नै छोडेर मलेसिया पुगे।

आफ्नै गाउँमा दुःख गर्ने लिम्बूलाई अरूको देशमा त्यति काम गर्न समस्या परेन । उनी भन्छन्, “परिश्रम गर्ने मान्छेले जता गए नि परिश्रम गनुमै आनन्द आउँछ ।” मलेसिया पुगेको २ वर्ष पूरा भयो । दुःख गरेर कमाएको पैसा केमा लगानी गर्ने भन्ने मेसो पाएनन्। तराईको झापा, इटहरीतिर जग्गा किन्ने योजना बुन्न थनले ।

 

त्यही समयमा नेपालमा अलैँचीको मूल्य ४० केजीको रु एक लाख २० हजार पुग्यो । अलैँचीको मूल्य सोचेकोभन्दा उच्च मूल्य आउँदा उहाँ निकै पछुताउनु भयो । अब उहाँको एकमात्र सोच आयो ।

 

अरूको देशको माटोमा अमूल्य पसिना झार्नुभन्दा आफ्नै देशको माटोमा अलैँची खेती गर्ने । उहाँले भने, “मैलै मलेसियामा कमाएको र साथीहरुसँग सापटी मागेर आठ लाखमा गाउँको अलैँची बगानमा बन्दकी लगाए ।” विदेशमा गरेको मिहिनेतले आफ्नै गाउँमा सुन फलाउने सोचका साथ मलेसिया छोडेर घर फर्कनुभयो । घर आएर अलैँची बगान विस्तार गर्नतिर लागे ।

गत वर्ष अलैँचीको याममा लिम्बूले पाँच मन सुक्का अलैँची निकाल्नुभयो । दिनदिनै खेताला पाउन मुस्किल हुँदै गएको छ । खेतालाको ज्यालादर दिनप्रतिदिन बढ्दो छ ।

 

एक दिनको खेतालाको ज्याला दर ५०० देखि ८०० सम्म दिनुपर्ने लिम्बू बताउछन्। पाँच मन अलैँचीले एक लाख हाराहारी मात्र बिक्री गरेको उनको भनाइ छ । अलैँची याम शुरुदेखि अन्तिमसम्म रु एक लाख ५० हजारभन्दा बढी पर्न आएको उनले बताए ।

विगत ५ वर्षअगाडि मलेसिया हुँदै रु आठ लाख लगानी गरेको पैसाले अरू व्यवसायमा लागानी गरेको भए हुन्थ्यो रहेछ जनाउँदै अलैँची बगानमा लागानी गरेकामा अहिले पछुताउनुभएको उनी बताउछन् । उनले भने, “गाउँघरमा ३६ प्रतिशले ब्याज दर प्रचलनमा तर मैले २४ प्रतिशतमा गाउँमा पैसामात्र ब्याजमा लगाए भने पनि एक वर्षमा रु एक लाख ९२ हजार आउँथ्यो ।” हिसाब गर्दै आफू अलैँचीले बगानले फसाएको सुनाए ।

लिम्बूमात्र होइन सोहीका विर्ख फेम्बूले वैदेशिक रोजगारीमा कमाएको पैसा पनि अलैँची बगानमा लगानी गरेको फेम्बूले बताउनुभयो । अलैँचीको राम्रो भाउमा बिक्री हँुदै विदेशदेखि नै बगानमा लगानी गरेको तर अहिले बगान सफा गर्न पनि आफ्नै गोजीबाट पैसा निकाल्नुपर्ने भएको उनी बताउछन्।

त्यस्तै मेरिदेन गाउँपालिका–६ का विमना लिम्बूले पनि अलैँचीको राम्रो मूल्य हुँदा गाउँ नजीकैको बगानमा लागि गर्ने भयो । तर अहिले अलैँचीको मूल्य राम्रो नहुँदा पछुताउनु परेको लिम्बूले बताए । यी तीन व्यक्ति एक प्रतिनिधिमात्र हुन् ।

एक लाख २० हजार अलैँचीको मूल्य पुग्दा अरू खेती छेडेर ताप्लेजुङका किसानले आफ्नो घरआँगन सबै खाली नराखी अलैँची बगान विस्तार गर्न तिर लागेको थियो । प्रत्येक वर्ष अलैँचीको मूल्य ओरालोतिर लागेपछि अलैँची किसान निरासिँदै बगान मासेर अन्य खेतीपातीमा लागेको फक्ताङलुङ गाउँपालिका–६ का अलैँची कृषक सन्तकुमार फेम्बूले बताए ।

एक पटक आएको एक लाख २० हजार अलैँचीको मूल्य कहिलै फर्केर आउन सकेन । खाडी मुलुकदेखि धेरै युवा त्यो समयको अलैँचीको मूल्यले गाउँ फर्कायो र बगान विस्तार भयो । अलैँचीको मूल्य अहिलेसम्म फेर्न सकेको छैन ।

विभिन्न राष्ट्रसँग अलैँची निर्यात हुन समाचारहरु कहिलेकाहीँ देखिए पनि काम भने नदेखिएको ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष तथा अलैँची व्यापारी दिनेश अधिकारीले बताए । अधिकारीका अनुसार अहिले ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा ४० केजी अर्थात् एक मन अलैँचीको रु २४ हजारमा खरीदबिक्री भइरहेको बताए।

वि.सं.२०७७ माघ १३ मंगलवार १४:०३ मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...