back
NMB ad

हवात्तै बढ्यो स्थायी प्यान नम्बर लिनेको संख्या

Kumari bank ad

काठमाडौं । गत आर्थिक वर्षको पुससम्म स्थायी लेखा नम्बर (प्यान) लिनेको संख्या ह्वात्तै बृद्धि भएको छ । प्यान नम्बर लिनेको संख्या गत वर्षको तुलनामा बृद्धि भई ३७ लाख ३१ हजार ९१ पुगेको आन्तरिक राजस्व विभागको तंथ्याकमा उल्लेख छ ।

गत आवमा यस अवधिमा ३३ लाख ३७ हजार ४९२ रहेको थियो । गएको वर्षको तुलनामा ३ लाख ९३ हजार भन्दा धेरै प्यान नम्बर लिने थपिएका हुन् ।

साउनदेखि पुससम्ममा २ लाख ६१ हजार ३९९ ले व्यक्तिगत नम्बर र १ लाख ३० हजार १३२ ले व्यवसायिक प्यान नम्बर लिएका तथ्यांकमा विवरण छ । कुल स्थायी लेखा नम्बर लिनेको सख्या ३७ लाख २३ हजार ९१७ पुगेको छ ।

व्यापार व्यवसाय संचालन गर्नका लागि आवश्यक पुँजी जम्मा गर्न कर चुक्ताको प्रमाणपत्र बुझाउनुपर्ने सरकारले गरेको अनिवार्य व्यवस्थाको कारण प्यान नम्बर लिनेको सख्यामा बृद्धि भएको विभागको भनाई छ ।

२०७६ साउनदेखि कुनै पनि काम तथा व्यवसाय गर्ने, तलब भत्ता लिने, ज्याला लिने सबैले व्यक्तिगत स्थायी लेखा नम्बर लिनुपर्छ ।

आर्थिक विधेयक ०७६ अनुसार, हाल काम गरिरहेका तथा नयाँ काममा नियुक्ति लिनको लागि नागरिकता र व्यक्तिगत स्थायी लेखा नम्बरको प्रतिलिपि पेस गरेपछि मात्र काम गर्न योग्य मानिन्छ । – प्रशिक्षार्थी पत्रकार

वि.सं.२०७७ माघ १३ मंगलवार १५:१० मा प्रकाशित

You can share this post!

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४६

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी...

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४०

काठमाडौँ, २३ वैशाख : काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा...

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:१६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइत्बार थप एक कम्पनीको...

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:०८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मुखले नभई व्यवहारमै सरकार...

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५८

काठमाडौँ, २३ वैशाख: उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल...