back
NMB ad

अब टेलिकमको सीआरवीटीमा पनि खोप अभियान

Kumari bank ad

काठमाडौं । आज बुधवारदेखि सरकारले नेपालमा सरकारले कोरोना भाइरसविरुद्धको खोप अभियान प्रारम्भ गरेको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान बालुवाटारबाटै भिडियो कन्फरेन्समार्फत खोप अभियानको उद्घाटन गर्नुभएको हो ।

अभियान उद्घाटनलगत्तै नेपालमा कोरोनाको पहिलो खोप काठमाडौंको टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा.सागर राजभण्डारीले लगाएका छन् ।

उनीसँगै डा‍.अनुप बाँस्तोला र डा.रुना झाले पनि कोरोना खोप लगाएका छन् । यससँगै देशैभर कोरोना खोप अभियान सुरु भएको छ । यता भौतिक रुपमा खोप अभियानको थालनी भएसंगै नेपाल टेलिकमले पनि आफ्नो कलर रिङ ब्याक टोन अर्थात सिआरबीटीमा परिवर्तन गरेको छ ।

मंगलबार रातिसम्म चिसो मौसममा कोरोनाबाट बच्नु पर्ने सन्देश सुनिने सिआरबिटमा आजदेखि भने टेलिकमका कुनै पनि नेटवर्क कल गर्दा खोप अभियान प्रारम्भ भएको जानकारीसहितको सन्देश सुन्न सकिन्छ ।

सन्देशमा भनिएको छ– ‘नेपाल सरकारले कोरोनाको खोप ल्याइएको छ । यो खोप पहिला सफाइ तथा स्वास्थ्यकर्मी र क्रमशः सबै जनालाई प्राथमिकताका आधारमा निशुल्क लगाइन्छ । यो खोप लगाउनु अघि र लगाइ सकेपछि पनि मास्कको अनिवार्य प्रयोग गर्नु, कम्तिमा दुई मिटर दुरी कायम गर्नु र साबुन पानीले हात धुने व्यवहारलाई अनिवार्य पालना गर्नु अनिवार्य छ । नेपाल टेलिकम ।’

वि.सं.२०७७ माघ १४ बुधवार १०:४७ मा प्रकाशित

You can share this post!

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:५३

काठमाडौँ, ४ जेठ : चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण...

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:४३

पटना (भारत), ४ जेठ : बिहारको राजधानी पटनास्थित एक विद्यालय...

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३७

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)...