back
NMB ad

‘एमसीसी सहायता नआए सरकारले आफ्नै लगानीमा परियोजना कार्यान्वयन गर्नुपर्ने’ : उपाध्यक्ष कँडेल

Kumari bank ad

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले एमसीसी सहायता नआए सरकारले आफ्नै लगानीमा भए पनि परियोजना कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ ।

एमसीसी बारे राजनीतिक रुपमा पक्ष र विपक्षमा धारणा बनाउँदा परियोजना आफै गलत हो की भन्ने भ्रम पनि सिर्जना भएको उपाध्यक्ष कँडेलले बताउनुभएको छ ।

परियोजनाको राजनीतिक पक्ष जे जस्तो भए पनि केही वर्ष भित्र विद्युतको ठूलो राष्ट्रिय प्रशारण लाइन आवश्यक पर्ने भएकोले सरकारले एमसीसी स्वीकृत नभए पनि परियोजनालाई अगाडि बढाउनुपर्ने बताउनुभयो ।

उहाँले एमसीसी परियोजना रुपान्तरणकारी आयोजनाको रुपमा १५ औं योजनामा समेत समावेश भइसकेकोले सरकारले परियोजना निर्माणको कार्यलाई तिब्रता दिएको बताउनुभयो । तर देशको पूँजीको अपर्याप्तताको कारणले एमसीसी आवस्यक पर्ने देखिएको पनि बताउनुभयो ।

यस्तै, राष्ट्रिय योजना आयोगले आफैले एमसीसी परियोजनालाई १५ औं योजनामा समावेश नगरेको पनि स्पष्ट पार्नु भएको छ । उर्जा मन्त्रालयबाट निर्णय भएर आएको परियोजनालाई आयोगले पहिचान गरी रुपमान्तरणकारी आयोजनामा समावेश गरेको प्रष्ट पार्नुभयो ।

वि.सं.२०७७ माघ १४ बुधवार १२:३४ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...