back
NMB ad

कस्तो छ एभरेष्ट बैंकको पछिल्लो वित्तिय अवस्था ? (विवरणसहित)

Kumari bank ad

काठमाडौं । एभरेष्ट बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजकि गरेको छ । विवरण अनुसार बैंकले चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ९६ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५४ करोड ७९ लाख रुपैयाँ अर्थात ३६.२९ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ५० करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै खुद नाफा घट्न दबाब पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ६७ करोड ५६ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब १ करोड १७ लाख रुपैयाँ घटेर १ अर्ब ८९ करोड ७ लाख रुपैयाँमा झरेको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा ७८ करोड ३० लाख रुपैयाँ घटेर १ अर्ब ३७ करोड ३९ लाख रुपैयाँमा सीमित भएको छ।

पुस मसान्तसम्ममा ८ अर्ब ९३ करोड ३७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा ८ अर्ब ४७ करोड ५२ लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ्गमा १ अर्ब ८६ करोड ३३ लाख रुपैयाँ रहेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको चुक्ता पूँजी ८ अर्ब ५१ करोड रुपैयाँ हुँदा जगेडा कोषमा ८ अर्ब ९ करोड रुपैयाँ र रिटेन्ड अर्निङमा १ अर्ब ७९ करोड रुपैयाँ थियो।

खुद नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानीमा उल्लेख्य गिरावट आएको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ३५ रुपैयाँ ४८ पैसा रहेको बैंकको डाइलुटेड प्रतिशेयर आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर २१ रुपैयाँ ५३ पैसा कायम भएको छ। सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ २१८ रुपैयाँ ९३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३७.१२ गुणा रहेको छ।

पछिल्लो ६ महिनामा बैंकको निक्षेप १ खर्ब ४३ अर्ब ५४ करोड रुपैयाँबाट बढेर १ खर्ब ५० अर्ब १८ करोड रुपैयाँ पुगेको छ। त्यसैगरी, बैंकको कर्जा लगानी १ खर्ब १२ अर्ब २१ करोड रुपैयाँबाट बढेर १ खर्ब १३ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ।

कर्जा लगानी बढाएसँगै बैंकको निष्क्रिय कर्जामा पनि सामान्य वृद्धि देखिएको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ०.१६ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा चालू आर्थिक वर्षको सोही अवधिसम्ममा सामान्य घढेर ०.१९ प्रतिशत पुगेको छ।

समीक्षा अवधिमा बैंकको आधार दर ८.४६ प्रतिशतबाट ६.३४ प्रतिशतमा झरेको छ। त्यसैगरी, बैंकको स्प्रेड दर ५.३८ प्रतिशतबाट ३.७० प्रतिशतमा झरेको छ।

वि.सं.२०७७ माघ १५ बिहीवार ११:२२ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३५

काठमाडौं । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई...

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३०

रञ्जिता अधिकारी देउखुरी (दाङ), १८ वैशाख : २०८१ वैशाख १६...

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:१३

काठमाडौँ, १८ वैशाखः प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो...

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:०८

रामकुमार लिम्बू फिक्कल (इलाम), १८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)...

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...