back
NMB ad

अनलाइन सेवा भुक्तानीको मस्यौदा तयार

Kumari bank ad

काठमाडौं । विदेशबाट सेवा वा वस्तु खरिद गरेबापत गर्नुपर्ने भुक्तानीमा भोग्नुपर्ने झन्झट अन्त्यका लागि प्रक्रिया सुरु भएको छ ।

नेपाल राष्ट्र बैङ्कले यसका लागि ‘अनलाइनमार्फत विदेशी सेवा आयातबापत विदेशी मुद्राको सटही सुविधा उपलब्ध गराउनेसम्बन्धी व्यवस्था’को प्रारम्भिक मस्यौदा तयार गरेको छ ।

मस्यौदा उपर प्राप्त राय तथा सुझावका आधारमा आवश्यक संशोधनसहित छिट्टै निर्देशन जारी गरिने विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले जानकारी दिए । “सबै तयारी तोकिएकै समयमा पूरा भएमा फागुनदेखि प्रिपेड कार्ड कार्यान्वयनमा आउनेछ,” उनले भने ।

नेपालमा रहेका ‘क’ वर्गका वाणिज्य बैङ्कले अनलाइनमार्फत विदेशबाट सेवा आयात गर्दाबापतको भुक्तानी गर्ने प्रयोजनका लागि विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न पाउनेछन् । कार्डको प्रयोगमार्फत अन्तर्राष्ट्रिय स्तरको पढाइ, तालिम तथा ज्ञान प्राप्त गर्न, सूचना प्रविधिसँग सम्बद्ध प्रडक्ट डेभलपमेन्टका लागि चाहिने कुनै सफ्टवेयर तथा सेवा खरिद गर्न, डोमेन दर्ता तथा वेब होस्टिङ गर्न डलरमा पैसा तिर्ने सकिनेछ ।

स्वास्थ्य र निरोगी रहन सहयोग पु¥याउने विभिन्न एपहरूको माग गर्न, विभिन्न जर्नल तथा अन्तर्राष्ट्रिय ब्रान्डका विद्युतीय पुस्तकहरू खरिदका लागि समेत सानोतिनो रकम तिर्न पनि नयाँ व्यवस्थाले सहज बनाउने भएको छ । राष्ट्र बैङ्कले बढीमा ५ सय डलरसम्मका लागि यस किसिमको प्रिपेड कार्ड जारी गर्न लागेको छ । पछिल्लो समयमा फेसबुक, ट्विटर, युट्य्ुब, गुगलजस्ता माध्यमबाट गरिने विज्ञापन लगायतका भुक्तानीको प्रचलन बढ्दै गएकाले नयाँ व्यवस्था लागू गर्न लागिएको मिश्रले जानकारी दिए । “डिजिटल हुन्डीले प्रश्रय पाउन सक्ने भएकाले यस्तो व्यवस्था गर्न लागिएको हो,” उनको भनाई छ ।

केन्द्रीय बैङ्कले चालू आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत नै विदेशी मुद्रामा सटही सुविधा उपलब्ध गराउने व्यवस्था मिलाइने उल्लेख गरेको थियो । विदेशी मुद्राको प्रिपेड कार्ड लिन चाहने व्यक्ति, फर्म, कम्पनी वा संस्थाको बैङ्क खातामा रहेको नेपाली रुपियाँलाई सटही गरी त्यस्तो कार्ड जारी गर्न पाउनेछन् ।

वि.सं.२०७७ माघ १६ शुक्रवार ०८:३३ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...