back
NMB ad

कलंकी कृषिबजारको उद्घाटन

Kumari bank ad

काठमाडौं। कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले कलंकी कृषि तथा तरकारी बजारको उद्घाटन गर्नुभएको छ । आज (शुक्रबार) कलंकीस्थित उक्त कृषिबजारमा आयोजीत औपचारिक कार्यक्रममा मन्त्री अर्यालले उक्त बजारको उद्घाटन गर्नुभएको हो ।
सहिद दिवसको अवसरमा आयोजीत उक्त कार्यक्रममा मन्त्री अर्यालले जहानीय राणा शासनकालमा जनताको पक्षमा लड्नेक्रममा ज्यानको आहुती दिने सहिदको तस्विरमा माल्यार्पण गर्नुभएको थियो । सहिदको तस्विरमा माल्यार्पण गर्दै उहाँले तत्कालिन समयमा जनताका पक्षमा आवाज उठाउने क्रममा बलिदानी दिने बीर सहिद तथा सम्पूर्ण सहिदहरुको योगदानकै कारण अहिलेको अवस्था सिर्जना भएको बताउनुभएको थियो । ‘सहिदहरुले परिवर्तनका निम्ती आफ्नो जीवनको आहुती दिनुभएको । तात्किालिन समयमा जनताका आवाज बोल्ने जनताका अगुवालाई तत्कालिन शासकहरुले निर्ममतापूर्वक हत्या गरेको थियो छ’, मन्त्री अर्यालले भन्नुभयो, ‘उहाँहरुको बलिदानीपछी मूलुकले क्रमशः धेरै राज्यसत्ता परिवर्तन गर्दै जनताको जीवनको सुधार, मुलुकको समृद्धिको दिशामा अगाडी बढिरहेको छैन ।’

‘समृद्ध नेपाल सुखी नेपाली’ भन्ने मूल नारासहित सरकारको दिर्घकालिन लक्ष्यलाई पुरा गर्नका निम्ती सरकार लागिरहेको बताउँदै उहाँले किसानले उत्पादन गरेको उत्पादित वस्तुको बजारको सुनिश्चितता गरिदिन यस्ता बजारहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।
गरेर होइन ठगेर खाने मानसिकताबाट नेपाली समाज लामो समय प्रताडित बनेको बताउदै उहाँले समृद्ध जीवन बनाउनका निम्ती अब हरेक क्षेत्रमा गरेर खाने सोचको विकास गर्नुपर्ने बताउनुभयो । ‘यो जमाना श्रमलाई सम्मान गर्ने जमाना हो । श्रमसँग जोडिदै श्रमसँग जोडिएका उत्पादक किसानलाई सम्मान गर्ने जमाना हो । चौतारीमा बस्ने, टालटुल गर्ने, ठगठाग गर्ने जमाना गए’, मन्त्री अर्यालले भन्नुभयो, ‘गरेर खाने प्रवृत्तिको विकास गर्नका निम्ती सबै युवाहरु लाग्न आवश्यक छ । तपाईहरुले सिधै उत्पादक किसानहरुसँग सम्बन्ध राख्नुस ।’
अहिले उत्पादनको समस्या नभएको भन्दै उहाँले उत्पादित वस्तुले बजार पाउदैन की भन्ने समस्या रहेको उल्लेख गर्नुभयो । बजारको समस्याको अन्त्य गर्नका निम्ती जमिनको चक्लाबन्दी गरी ठूलो परिमाणमा उत्पादन बढाउनुपर्ने उहाँको भनाई थियो । ‘एकजनाले मात्रै उत्पादन गर्दा बजार खोज्दै हुनुपर्ने अवस्था हुन्छ । हामीले सामुहिकतामा चक्लाबन्दी मोडेलमा ठूल्ठूलो मोडेलमा तरकारी, फलफूल उत्पादन ग¥यौं भने यस्ता बजारहरु तपाईहरुको गाउँमा आफै खोज्दै आउछ’, उहाँले भन्नुभयो, ‘तपाईहरुले उत्पादन गर्नुस्, कृषि मन्त्रालयले तपाईहरुको गाउँमा संकलन केन्द्र दिन्छ । त्यो गाउँमा संकलन गर्ने, त्यहाँ यस्तै बजारहरु पुग्छन् र बजारतिर पठाउने ।’ कम्तिमा पनि यस्ता सय वटा बजारलाई पुग्नेगरी ठूला परिणाममा उत्पादन गर्नुपर्ने उहाँको भनाई थियो ।


राजनीतिक दलहरुले पनि पार्टीहरुले विचार सँगै जनतालाई गरिखान सिकाउनुपर्ने भन्दै उहाँले यही बाटोबाट नै सरकारले लिएको लक्ष्य पुरा हुने बताउनुभयो । त्यसका निम्ती यान्त्रिकीकरणलाई जोड दिदै अगाडी बढ्न समेत मन्त्री अर्यालले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘ठूला परिमाणमा उत्पादन गर्न अब मानवश्रमले मात्रै सकिदैन । त्यसैले यान्त्रिकीकरणमा जानुपर्छ । औजारहरुको प्रयोग गरेर ठूल्ठूला स्केलमा उत्पादन गरी बजारको ग्यारेन्टी गर्नेगरी सरकार अगाडी बढेको छ ।’
कलंकी कृषि बजारमा हाल ११५ वटा स्टल रहेका छन् । आगामी दिनमा त्यसलाई अझ बिस्तार गर्दै जाने उहाँको भनाई थियो ।

वि.सं.२०७७ माघ १६ शुक्रवार १५:०६ मा प्रकाशित

You can share this post!

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४६

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी...

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४०

काठमाडौँ, २३ वैशाख : काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा...

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:१६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइत्बार थप एक कम्पनीको...

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:०८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मुखले नभई व्यवहारमै सरकार...

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५८

काठमाडौँ, २३ वैशाख: उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल...