back
NMB ad

दुई पालिका जोड्न तीन करोडको पुल

Kumari bank ad

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका-८ र भिमाद नगरपालिका -५ जोड्ने फेदिखोला पुलको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले आईतबार पुलको शिलान्यास गर्नुभएको हो ।

उक्त पुल शिलान्यास गर्दै मन्त्री गुरुङले गण्डकी प्रदेश सरकार प्रदेशको समग्र आर्थिक विकास तथा समृद्धि गर्ने जनचाहना अनुरुप कार्य गर्दै अगाडि बढिरहेको बताउनुभयो ।

मानिसका आवश्यकता र विकासक्रमको सीमितता नहुने बताउदै मन्त्री गुरुङले गण्डकी प्रदेश सरकार विकास कार्यक्रममा तीव्रताका साथ अगाडि बढेको दावी गर्नुभयो ।

भिमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापाले स्थानीयका आवश्यकता सम्बन्धमा आफुहरुलाइ जानकारी गराउने र भैरहेका विकास निर्माणका कार्यमा जनताको निगरानी अनिवार्य रहेको बताउनुभयो ।उक्त पुल २५ मिटर लम्बाईको रहेको छ भने निर्माणको जिम्मा केबिसी बिल्डर्स चितवनले पाएको छ ।

पुलको सम्झौता रकम ३ करोड ५८ लाख ३१ हजार ९ सय ८० रुपैयाँ रहेको र २०७८ पौष २५ गते सम्पन्न गर्ने लक्ष्य रहेको पुर्वाधार विकास कार्यालय, तनहुँका प्रमुख ओमराज ढुङ्गानाले जानकारी दिनुभयो ।

वि.सं.२०७७ माघ १९ सोमवार ११:४५ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...