काठमाडौं । फागुन २८ गते गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा बोलाएको छ । संस्थाले चौंथो वार्षिक साधारणसभाका लागि ह्वाइट हाउस पार्टी प्यालेस, दुलेगौँडा तनहुँमा गर्दैछ ।
सभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र ०.७९ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल १५.७९ प्रतिशत लाभांश शेयरधनीहरूलाइ वितरण गर्न प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी वार्षिक प्रतिवेदन पारित गर्ने र लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू पनि सभाले अनुमोदन गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि लघुवित्तले फागुन १४ गते शुक्रबार देखि फागुन २८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ ।
वि.सं.२०७७ माघ १९ सोमवार १२:४५ मा प्रकाशित