back
NMB ad

एसएमईजहरूलाई ऋण सहजीकरण गर्न महासंघ र बैंकर्स संघबीच सहमती, चाँडै कार्यदल गठन गर्ने

Kumari bank ad

काठमाडौं । घरेलु तथा साना उद्योगहरुलाई ऋण प्रवाहमा सहजीकरण गर्न नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल बैकर्स संघबीच सहमती भएको छ । महासंघका अध्यक्ष शेखर गोल्छा र बैंकर्स संघ अध्यक्ष भुवन कुमार दाहालबीच उक्त सहमती भएको हो ।

 

भेटवार्तामा महासंघ र संघबीच घरेलु तथा साना उद्योग(एसएमईजहरू) क्षेत्रमा हुन सक्ने सहयोग÷सहकार्यका विषयमा छलफल भएको छ ।
भेटमा एसएमईजहरूलाई ऋण सहजीकरणदेखि अन्य क्षेत्रमा सहयोग गर्न केन्द्रमा दुवै संस्थाको सहभागितामा कार्यदल गठन गर्ने र विस्तारै प्रदेश तथा जिल्लास्तरमा कार्यदल विस्तार गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त भएको छ ।

 

 

यसका लागि दुवै संस्थाबीच छिट्टै एक सहमतीपत्रमा हस्ताक्षर गरी अगाडि बढ्ने सहमती समेत भएको छ । महासंघको घरेलु तथा साना उद्योग समितिको माघ २० गते बसेको पहिलो बैठकले एसएमईजहरुलाई लगानी सहजीकरणका लागि बैंकर्स संघ र नेपाल राष्ट्र बैंकसंग सहजीकरण गर्ने सम्बन्धमा गरेको निर्णय अनुसार उक्त भेटवार्ता भएको बताइएको छ ।

 

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत साना तथा मझौला उद्योग व्यवसायको पुनरुत्थानका लागि ल्याएका राहत प्याकेजहरू कतिपय जिल्लामा लागू गर्न बैंकहरू अनिच्छुक देखिएका गुनासाहरू विभिन्न जिल्लाहरूबाट महासंघमा आएको छ । दुवै संस्थाबाट भएको उक्त प्रतिवद्धताबाट कार्यान्वयन तहमा आउने समस्या समाधानमा समेत सहयोग पुग्ने विश्वास महासंघको छ ।

 

नेपाल राष्ट्र बैंकले कोरोनाले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी प्रथम पुनराबृत्ति सर्बेक्षणको प्रतिवेदन २०७७ अनुसार कोभिडको समय असारसम्म ६३.६ प्रतिशत संचालन हुन नसकेका घरेलु, मझौला र साना उद्योगहरुमा १३.०१ प्रतिशत अहिलेसम्म पनि खुल्न सकिरहेको छैनन् ।

 

राष्ट्र बैंकद्धारा गरिएको अध्ययनका अनुसार नयँ“ व्यवसाय संचालनका लागि बैंक तथा वित्तिय संस्थाहरुमा १६ प्रतिशतको मात्रै पहुँच रहने गरेको छ । निर्यात प्रवद्र्धन केन्द्रका अनुसार नेपालबाट निकासी हुने सामाग्रीको ४२ प्रतिशत अंश घरेलु, मझौला र साना उद्योगहरुको रहेको छ ।

वि.सं.२०७७ माघ २२ बिहीवार १७:४८ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...