back
NMB ad

ग्रीनलाइफको आईपीओ निष्काशन, कहिलेसम्म दिने आवेदन ?

Kumari bank ad

काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावर कम्पनीले शुक्रबार (आज) देखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गरेको छ ।

 

प्रतिकित्ता १ सय रुपैयाँको दरले ३५ लाख ९६ हजार ४०० कित्ता आइपीओ निष्काशन गरेको हो । उक्त कित्तामा ६९ हजार ९२८ कित्ता कम्पनीका कर्मचारी, १ लाख ७४ हजार ७८० कित्ता सामूहिक लगानी कोषलाई छुट्याईएइको छ । यस्तै बाँकी रहेको ३२ लाख ५१ हजार ६५२ कित्तामा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन कम्पनीले जनाएको छ ।

 

कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयले नकिने सेयर समेत सर्वसाधारणलाई बिक्री गर्ने भएको छ । दोलखा जिल्लाका आयोजना प्रभावितलाई छुट्याएको १८ लाख कित्तामध्ये १ लाख ३ हजार ६ सय कित्तामा मात्रै आवेदन परेको थियो । स्थानीयले नकिनेको १६ लाख ९६ हजार ४ सय कित्ता सहित सर्वसाधारणलाई निष्काशन गरेको कम्पनीले जनाएको छ ।

 

आईपीओमा माघ २७ गतेसम्म सि-आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ । माग अनुसार २७ गतेसम्म आवेदन नपेको खण्डमा फागुन ७ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । यसको बिक्री प्रबन्धक बीओके क्यापिटल रहेको छ ।

वि.सं.२०७७ माघ २३ शुक्रवार १०:१० मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...