back
NMB ad

आइएमई ट्राभल्सको २५औँ वार्षिकोत्सवमा नाट्टाको भवन निर्माणमा सहयोग र ग्राहकलाई प्याकेज

Kumari bank ad

काठमाडौँ । आइएमई ट्राभल्सले आफ्नो २५औँ वार्षिकोत्सवका अवसरमा नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल्स (नाट्टा) को कार्यालय प्रयोजनार्थ निर्माणाधीन भवनको सहयोगका लागि रू. १ लाख ५१ हजार १ सय ११ रूपैयाँको चेक हस्तान्तरण गरेको छ ।

 

ट्राभल्सको केन्द्रीय कार्यालय काठमाडौंमा विहीवार आयोजित एक विशेष कार्यक्रमकावीच आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त रकम बराबरको चेक नाट्टाका प्रथम उपाध्यक्ष विनय बस्नेतलाई हस्तान्तरण गर्नुभयो । उक्त कार्यक्रममा आइएमई ट्राभल्सका संचालकद्वय सरिता ढकाल एवम् अर्जुन शर्मा पौडेल, प्रमुख कार्यकारी अधिकृत बिनोद सापकोटा र नाट्टाका महासचिव सुधिर उपाध्यायको उपस्थिति रहेको थियो ।

 

साथै, आइएमई ट्राभल्सले आफ्नो २५औँ वार्षिकोत्सवका अवसर पारेर पर्यटन विकासमा सकारात्मक योगदान पु¥याउने उद्देश्यले आन्तरिक पर्यटकहरूलाई लक्षित गर्दै बिभिन्न ग्राहकमूखी योजना ल्याएको छ । बैंकिङ्ग, रेमिटेन्स, इन्सुरेन्स लगायतका व्यावसायिक क्षेत्रमा आफुलाई अब्बल साबित गर्दै आइरहेको आइएमई समुहले पर्यटन क्षेत्रको समग्र बिकासमा महत्त्वपूर्ण योगदान दिँदै आएको छ ।
२५औँ वार्षिकोत्सवका अबसरमा आयो

जित कार्यक्रमलाई सम्बोधन गर्दै आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको समग्र बस्तुस्थिति नियाल्ने पहिलो आँखा पर्यटन उद्योग र यससँग सम्बन्धित क्षेत्र रहेकाले सम्पूर्ण व्यवसायी मित्रहरुलाई पर्यटन बिकासका लागि जुट्न आग्रह गर्दै कोरोना महामारीकाबीच स्वास्थ्य सम्बन्धि मापदण्ड पुर्ण रुपमा पालना गर्दै आफ्नो तह र तप्काबाट राज्यले निर्दिष्ट गरेका मापदन्डभित्र रहेर अझ बिशेष भूमिका खेल्न आग्रह गर्नुभयो ।

 

आइएमई ट्राभल्सका प्रमुख कार्यकारी अधिकृत बिनोद सापकोटाले पर्यटन बिकासका लागि आइएमई ग्रुपले हालसम्म खेलेको भूमिकाको स्मरण गर्दै पर्यटन बिकासका लागि आफ्नो सेवालाई द्रुत गतिमा बिस्तार गर्ने जानकारी दिनुभयो । प्रमुख कार्यकारी अधिकृत सापकोटाले कोरोनाले बाह्रय पर्यटन विस्तारमा केही ढिला हुने देखिएकाले आन्तरिक पर्यटन विस्तारलाई जोड दिँदै यससँग सम्बन्धित सम्पूर्ण क्षेत्रलाई चलायमान बनाउदै समस्त ट्रेड साझेदारहरु, ग्राहकहरू र शुभचिन्तकहरूले दिनु भएको निरन्तर समर्थन र विश्वासका लागि धन्यवाद दिदै आगामी दिनमा सवैसँग सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो ।

वि.सं.२०७७ माघ २३ शुक्रवार १५:४३ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...