back
NMB ad

बीमा कम्पनीलाई झापड हान्ने अवस्था नआओसः अध्यक्ष सिवलाल, तिवारीको आरोप- समिति लाईसेन्स बाँडने अखडा बन्यो

Kumari bank ad

काठमाडौं । बीमा समितिका नव नियुक्त अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा कम्पनीहरुलाई झापड हान्ने अवस्था आउन नदिन आग्रह गर्नुभएको छ । बीमा समितिमा आयोजित पदभार ग्रहण कार्यक्रममा उहाँले यस्तो आग्रह गर्नुभएको हो ।

 

उहाँले आगामी दिनमा बीमा समितिलाई नियन्त्रकको काम गर्न बाध्य नबनाउन समेत आग्रह गर्नुभयो । समितिलाई नियन्त्रण गर्न दिएको खण्डमा त्यसले बिगार्ने भएकोले बिगार्ने बाताबरण नबनाउन आग्रह समेत गर्नुभयो ।

 

अहिले बीमा क्षेत्रमा धेरै समस्या रहेको भन्दै त्यो समस्या समाधान गर्नको लागि काम गर्ने र बीमा समिति बाउ भएपछि बाउले थप्पड हान्ने र त्यो स्वीकार गर्न तयार रहन पनि आग्रह गर्नुभयो । ‘तर बाउले थप्पड हान्छ भन्दैमा थप्पड हान्ने बाताबरणमा तपाईहरु नपुग्नु होला’ उहाँले भन्नुभयो ‘तपाईहरुले यस्तो गर्नुहोला भन्ने मलाई आशा लागेको छैन ।’ यसको नियन्त्रण भन्दा पनि व्यवस्थापन महत्वपूर्ण भएकाले त्यसतर्फ नै आफू लाग्ने उहाँको भनाई छ । यसको विस्तारको लागि के गर्न सकिन्छ त्यसमा सोच्न आग्रह गनुभयो । त्यसको लागि समितिलाई सुझाव दिन समे.त आग्रह गर्नुभएको छ ।

 

उहाँले बीमा कम्पनीहलाई को संख्या बढाएर मात्रै समस्याको समाधान नहुने बताउनु भएको छ । बीमा समितिमा आयोजित पदभार गर्ने कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।

 

आगामी दिनमा सबैले व्यवस्थापनमा ध्यान दिनुपर्ने, धनाढ्य भन्दा पनि झुपडिमा बस्ने गरिबले बीमा गर्न सक्ने बाताबरण बनाउन आग्रह गर्नुभयो । ‘आफ्नो घर बनाउन १० हजार निकाल्न नसक्नेहरुको घरसम्म बीमाको पहुँच पुर्याउनु पर्यो, त्यहाँ बीमा पुरुयाउन सक्यो भने मात्रै सबै मानिसले त्यसको बारेमा थाहा पाउन सक्नेछन,’ उहाँले भन्नुभयो ‘ गाँउका ५ प्रतिशत टाठालाई बीमा भनेको थाहा होला, ९५ प्रतिशतलाई थाहा छैन । थाहा नहुनेलाई बीमाको ज्ञानको बारेमा जानकारी गराउनु हाम्रो काम हो ।’

 

त्यसका लागि के के गर्नु पर्ने हो त्यसको लागि समिति तयार रहेको उहाँको भनाइ छ । बीमा समिति सबैको भएको कारण समस्या मात्रै ल्याउनु भन्दा पनि योजना समेत ल्याउन आग्रह गर्नुभएको छ ।अर्थतन्त्रको बारेमा आफू जानकारी भएको भएपनि बीमा क्षेत्रको बारेमा आफु सिक्ने क्रममा रहेको पनि जानकारी गराउनु भयो ।

 

कार्यक्रममा बीमा अभिकर्ता संघका अध्यक्ष नन्द प्रसाद तिवारीले बीमा समिति अहिले लाईसेन्स बाँढने अखडा जस्तो भएको आरोप लगाउनु भयो । उहाँका अनुसार बीमा समितिले अहिले बीना तालिम अभिकर्ताको लाईसेन्स बाँडने काम मात्रै गरेको छ । यसले बिकृती फैलाएको भन्दै यसलाई रोक्न आग्रह गर्नुभएको छ ।

वि.सं.२०७७ माघ २३ शुक्रवार १८:०६ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...